१९ कार्तिक २०८३, बुधबार

 

कोष निर्माण गर्न देउसी भैलो खेल्दै लियो क्लब अफ धौलागिरिका युवाहरु

बागलुङ । लियो क्लब अफ धौलागिरिले बिहीबार देउसी भैलो प्रदर्शन गरेका छन् । क्लबका कलाकारहरुले बागलुङ नगरपालिका–३ लालिगुराँस चोकमा देउसी भैलो खेलेका थिए ।

क्लबको कोष निर्माण गर्न देउसी भैलो खेलेको लियो क्लब अफ धौलागिरिका अध्यक्ष सचिन हरिजनले नयाँविश्वलाई बताउनुभयो ।

कार्यक्रममा डिष्ट्रिक इन्टरनेशनल रिलेसन अफिसर काजिमान गुरुङ, डिष्ट्रिक कोचिप दुर्गा कुँवर, लायन्स क्लब अफ अन्तराष्ट्रिय ३२५ के नेपालका सहसचिव तालबहादुर कुँवर, डिष्ट्रिक कोचिप अनुप रिजाल, डिष्ट्रिक चियर पर्सन मुकेशचन्द्र राजभण्डारी, लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष गणेश महतो, लियो क्बल अफ धौलागिरि बागलुङका अध्यक्ष सचिन हरिजन, लियो जिल्ला परिषद ३२५ के नेपालका सहसचिव सुनिल सापकोटा, पिआरओ प्रवेश पौडेल, उपाध्यक्ष आस्मिन सेख, सचिव सिवानी शाक्य, कोषाध्यक्ष सुन्दर आचार्य, सचेतक विकल्प घर्ती मगर, क्लबका सदस्यहरु विगम आर्चाय, सज्जन गौतम, सुमित केसी, अनुप पाण्डे, संस्कार कँडेल, नकुल गिरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भैलोबाट तेह्रो हजार छ सय ७५ रुपैयाँ संकलन भएको छ ।

कार्यक्रम लियो क्बल अफ पर्वत कुश्मा सिटीका अध्यक्ष अनिशा पौडेल, पिआरओ गरिमा शर्माको उपस्थिति थियो ।

देउसी भैलोमा कलाकारहरु अमिशा गौडेल, सरस्वती परियार, आयुस्मा थापा, सोनीया परियार, स्मिति पौडेल र सना नेपालीको सहभागिता थियो ।

कार्यक्रम लियो क्बल अफ धौलागिरि बागलुङका अध्यक्ष सचिन हरिजनको अध्यक्षता र लियो क्लब अफ धौलागिरि बागलुङका उपाध्यक्ष नारायण दत्त खरालको सञ्चालनमा सम्पन्न भएको थियो ।

लियो क्बल अफ धौलागिरि बागलुङ क्लबका सदस्यहरुको नेतृत्व विकासमा केन्द्रीत हुनुका साथै मानविय र सामाजिक सेवामा क्रियासिल छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung