१६ कार्तिक २०८३, आईतवार

 

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा : एक सय ६६ सडक आश्रित मानवहरूको उद्धार

बागलुङ । मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान आज २३ औँ दिनमा बागलुङ आएको छ । राष्ट्रिय उद्धार यात्रीलाई जिल्ला प्रशासन कार्यालय बागलुङमा स्वागत गरिएको थियो ।

बागलुङ आएको आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी, उद्दार अभियानका सहयोगकर्ता आनी छोयङ्ग डोल्मा सहितको ५० सदस्ययी समूहले अहिलेसम्म १६६ जना सडकआश्रित मानवको उद्दार गरेको जनाएको छ । उद्धार हुनेमा १२३ पुरुष, ३८ महिला, चार बालिका र एक बालक रहेका छन् ।

आजै म्याग्दीबाट चार जनाको उद्धार गरिएको छ ।अभियानकै क्रममा अहिले गण्डकी प्रदेशमा उद्दार अभियान चलिरहेको बताउदै सोमबार पोखराबाट दुई बालिकाको उद्धार गरेको र मंगलबार म्याग्दी जिल्लाबाट चार जनाको उद्धार गरिएको मानव सेवा आश्रम बागलुङ शाखाकी संयोजक विपना तामाङले बताउनुभयो ।

म्याग्दी, मुस्ताङ, पर्वतमा समेत उद्धार अभियान नियमित गरिरहेको मानव सेवा आश्रम जिल्ला शाखाका संयोजक तामाङले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय बागलुङमा धौलागिरिका चार जिल्लामा रहेका सडकआश्रित मानवको उद्धार अघि बागलुङमा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा हनुमान नाँच संरक्षण परिषद बागलुङ तिर्थ प्रसाद श्रेष्ठले निर्माणधीन मानव सेवा आश्रम बागलुङको भवन निर्माणको एउटा कोठा बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

स्वागत कार्यक्रममा केन्दिय अध्यक्ष अधिकारी, गायिका आनी छोयङ डोल्मा, प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी, नेकपा एमाले बागलुङकी ईन्चार्ज मना केसी, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, मानव सेवा आश्रम बागलुङका अभिभावक निर्मलबहादुर श्रेष्ठ र बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले मन्तव्य व्यक्त गरेका थिए ।

धौलागिरिका चार जिल्ला हेर्ने गरी बागलुङमा शाखा कार्यालय २०७३ सालमा स्थापना भएको थियो ।

। उक्त शाखामा अहिले ६३ जना सहयोगापेक्षी मानवआश्रित रहेका छन् । अहिले मानव सेवा आश्रम बागलुङ शाखाको भवन बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माण भइरहेको छ ।

चाड पर्वमा कोही सडक पेटीमा बस्न नपरोस भन्ने उद्देश्यले मेची महाकाली राष्ट्रिय उद्दार अभियान असोजको २६ गते शुरु गरिएको थियो ।

उक्त अभियान कात्तिक २८ गते समापन हुने आयोजनकले जनाएको छ । उक्त अभियानको खर्च आनी छोयङ्ग डोल्माले गर्नुभएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

बागलुङमा सडक मानव नरहेको बताउदै मानव सेवा आश्रम बागलुङ शाखाका संयोजक तामाङले म्याग्दीबाट चार जना सडकआश्रित मानवको उद्दार गरेर बागलुङ ल्याएको छ ।

सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडकआश्रित सहयोगापेक्षीहरूको उद्धारका लागि मानव सेवा आश्रमले हरेक वर्ष मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा गर्दै आएको छ । यात्रामा ५० जना उद्धारकर्मीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung