४ श्रावण २०८३, सोमबार

 

बागलुङको निसीखोलामा यात्रुबाहक बस दुर्घटना, चार जना गम्भिर घाइते

बागलुङ । बागलुङको निसीखोलामा यात्रु बाहक बस दुर्घटनामा परेको छ ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड स्थित निसीखोला-६ मा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चारजना गम्भिर घाइते भएका छन् भने १७ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुनिल शर्मा चिलवालले जानकारी दिनुभयो ।

रुकुमबाट काठमाण्डौ आउदै गरेको ना ८ ख ८४१४ नम्बरको बस निसीखोलामा दुर्घटनामा परेको थियो ।

बसमा ४० जना यात्रु रहेका थिए घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung