१७ कार्तिक २०८३, सोमबार

 

लायन्स क्लब अफ बागलुङ मुक्तिनाथद्वारा जय नारायण कौशल्या संस्कृत विद्यालयलाई सरसफाईको सामान प्रदान

बागलुङ । लायन्स क्लब अफ बागलुङ मुक्तिनाथले बागलुङ नगरपालिका ६, पञ्चकोटस्थित जय नारायण कौशल्या संस्कृत कन्या गुरुकुलमलाई सरसफाईको सामान, सेनेटरी प्याड , पोशाक र शैक्षिक सामग्री सहयोग गरेको छ ।

क्लबले १४ जना विद्यार्थीहरुलाई वर्ष भरी पुग्ने गरी ७० हजार रुपैयाँ बराबरको सामान स्थानीय देवी क्षेत्रीलाई क्लबकी अध्यक्ष रन्जिता श्रेष्ठेले हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा जोन चियर पर्शन प्रेम केसी, रिजन चियर पर्सन नारायण प्रसाद आचार्य, बागलुङ नगरपालिका ६ का वडा अध्यक्ष रुद्रबहादुर केसी, एनआरएनए आयरल्याण्ड च्याप्टर कार्यसमिति सदस्य रामकृष्ण सापकोटाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

लायन्स क्लब अफ बाग्लुङ मुक्तिनाथका अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थापक अध्यक्ष तथा जोन चियर पर्सन जुनु श्रेष्ठले र संचालन सचिव सृजना श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung