बागलुङ । प्रेस सेन्टर नेपाल, बागलुङले पत्रकार महासङ्घ, बागलुङ शाखाको आसन्न आठौँ अधिवेशनमा पूर्वसहमति अनुसार सर्वसम्मत नेतृत्व चयनको प्रक्रियामा सहभागी हुन सम्बद्ध सबै पक्षलाई आव्हान गरेको छ ।
शाखा अध्यक्ष थम्मन थापा ‘सन्देश’द्वारा जारी सार्वजनिक अपिलमा छैँठौ अधिवेशनदेखि सुरु भएको सहमति र सहकार्यको अभ्यासलाई निरन्तरता दिन आव्हान गरिएको हो ।
विसं २०७३ माघ २९ गते जिल्लामा क्रियाशील पत्रकारका पेसागत सङ्गठनका प्रमुखसहितको बैठकमा भएको लिखित सहमतिमा क्रमशः चारवटै सङ्गठनले महासङ्घको नेतृत्व लिने उल्लेख छ ।
सोही सहमतिका आधारमा छैँठौ अधिवेशनमा प्रेस चौतारी नेपाल र विसं २०७७ मा भएको सातौँ अधिवेशनमा प्रेस युनियनको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको थियो ।
छैँठौँ अधिवेशनका बेला भएको सहमतिको मर्म र दिशानिर्देश अनुसार पुनः सातौँ अधिवेशनमा पनि थप लिखित सहमति भएको अपिलमा उल्लेख छ ।
उक्त सहमतिमा आठौँ अधिवेशनमा प्रेस सेन्टर नेपाल र नवौँ अधिवेशनमा प्रगतिशील पत्रकार सङ्घको नेतृत्वमा सर्वसम्मत नेतृत्व निर्माण गर्ने उल्लेख छ ।
आलोपालो सर्वसम्मत नेतृत्व चयनको एकचरण पूरा भएपछि पुनः प्रेस चौतारी हुँदै अन्य सङ्गठनको नेतृत्व सुनिश्चित गर्ने लिखित सहमति भएको प्रेस सेन्टर नेपाल, बागलुङले जनाएको छ ।

यस्तो छ दि राजन होटलमा विसं २०७७ साल चैत्र २४ गते भएको सहमति






















































































































































































































