१७ कार्तिक २०८३, सोमबार

 

पत्रकार महासंघ बागलुङको निर्वाचनमा ३८ जनाको उम्मेदवारी, तीन जना निर्विरोध

बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङको निर्वाचनमा दुई गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् ।

२१ पदको लागि ३८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

बुधबार भएको मनोनय दर्तामा प्रेस सेन्टर नेपाल र प्रगतिशील पत्रकार संघको गठबन्धनबाट राम थापा ‘अविरल’ र प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनबाट तारानाथ आचार्यले उम्मेदवारी दिएका हुन् ।

उपाध्यक्ष खुल्ला तर्फ किरण आचार्य र सुवास आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्ष महिलामा पवित्रा बुढा मगर र सिर्जना पन्तले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै सचिवमा विजय राना र नारायण रिजालले उम्मेदवारी दिएका छन् । यस्तै सह–सचिवमा डम्मर बुढा मगर र खगेन्द्र विश्वकर्मा दिएका छन् । समावेशी सह–सचिवमा नवराज परियार सर्वसम्मत भएका छन् ।

कोषाध्यक्षमा सुमन सुनार र खेमराज गौतम , दलित सदस्यमा अनिष खाती र रमेश सन्चुरी, आदिवासी जनजाती सदस्यमा छलिता वुढा मगर र संगम घर्ती मगरले उम्मेदवारी दर्ता गराएका छन् ।

महिला सदस्यमा मनिषा शर्मा सर्वसम्मत भएकी छिन् । यस्तै समावेशी सदस्यमा पदमबहादुर छन्त्याल निर्विरोध निर्वाचित भएका छन् ।

खुल्ला सदस्यमा अर्जुन कार्की, त्रिलोचन रिजाल, केशव राज क्षेत्री, दिपेन्द्र परियार, ज्ञानबहादुर सिंह, योगेन्द्र विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

२८ मंसिरमा हुने निर्वाचनले पदाधिकारीमा ७ जना र खुल्ला, महिला, दलित, समावेशी, अल्पसंख्यक र खुल्ला सदस्यमा ८ जना गरी १५ जनालाई निर्वाचित गर्नेछ । उम्मेद्वार उपर विहीबार विहान ८ बजेसम्म दावी विरोध गर्न र विहान १० बजेसम्म उम्मेद्वारी फिर्ता लिन पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung