२ कार्तिक २०८३, आईतवार

 

पत्रकार महासंघ बागलुङको अध्यक्षमा राम थापा निर्वाचित

बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्षमा राम थापा अविरल निर्वाचित भएका छन्।

२८ मंसिरमा भएको मतदानबाट ४६ मतसहित थापा विजयी भएका हुन्।थापाका निकटतम प्रतिद्वन्द्वी तारानाथ आचार्यले २३ मत प्राप्त गरेका छन्।

प्रेस सेन्टर नेपाल र प्रगतिशील पत्रकार संघको संयुक्त प्यानलका तर्फबाट थापा र प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यालनबाट आचार्यले बुधवार उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

नेपाल पत्रकार महासंघ बागलुङको इतिहासमा थापा तेस्रो पटक चुनावी प्रतिस्पर्धाबाट निर्वाचित भएका हुन्। यसअघि महासंघ बागलुङको अध्यक्षको लागि भएको निर्वाचनमा राजेशचन्द्र राजभण्डारी र मुकेशचन्द्र राजभण्डारीले चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष निर्वाचित भएका थिए ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको स्थापना विसं २०५७ सालमा स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung