४ श्रावण २०८३, सोमबार

 

नेकपा (माओवादी केन्द्र) बागलुङ नगर समितिको अध्यक्षमा निर्मलबहादुर श्रेष्ठ

बागलुङ । नेकपा (माओवादी केन्द्र) बागलुङ नगर समितिको अध्यक्षमा निर्मलबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

नेकपा (माओवादी केन्द्र) बागलुङ नगर समितिको शनिबार बागलुङ बजारमा भएको दोस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति चयन गरेको हो । निर्मलबहादुर श्रेष्ठ २०४७ सालदेखि तत्कालिक नेकपा मशाल निकट विश्वास साँस्कृतिक परिवारमा आवद्ध हुनुको थियो ।

साथै उहाँले विसं २०५१ मा जनयुद्धको तयारीको बेला बागलुङ नगर समितिको ईन्चार्ज भएर पनि काम गर्नु भएको थियो । उहाँले जनयुद्धको बेला बागलुङमा र भारतमा समेत महत्वपूर्व जिम्मेवारी निर्वाह गर्नु भएका थियो ।

विसं २०६५ सालमा नेकपा (माओवादी केन्द्र) बागलुङ नगर समितिका अध्यक्ष समेत भएका श्रेष्ठ नगर विकास समितिका अध्यक्ष समेत भएका थिए । हाल उहाँ विद्यामन्दिर पुस्तकाल, नागरिक सञ्चार प्रालि र मानव सेवा आश्रममा पनि क्रियाशिल हुनुहुन्छ ।

समितिको उपाध्यक्षहरुमा धनमाया शर्मा, रामबहादुर विक र नरबहादुर केसी रहेका छन् । साथै समितिको सचिवमा राजु खड्का, कोषाध्यक्षमा मनोज थापा र सहसचिवमा जिवन शर्मा रहेका छन् ।

निर्वाचित समितिलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्ण केसी, चन्द्रबहादुर बुढा सागर, प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे अनिल र जिल्ला संयोजक राजिव घिमिरेले बधाई दिनुको साथै प्रमाणपत्र पनि वितरण गर्नु भएको थियो ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक गोविन्द वझाले निर्वाचित कार्यसमितिको नामावली प्रस्तुत गर्नु भएको थियो । नवनिर्वाचित कार्यसमितिलाई नगर ईन्चार्ज कुमार विक्रम क्षेत्रीले बधाई मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष निर्मलबहादुर श्रेष्ठले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा निर्वतमान अध्यक्ष रतन प्रसाद मलेपतीले निर्णय पुस्तिका नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र बागलुङका संयोजक राजिव घिमिरेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung