४ श्रावण २०८३, सोमबार

 

बागलुङ जेसीजको अध्यक्षमा सुशान्त कृष्ण श्रेष्ठ

बागलुङ । बागलुङ जेसीजको अध्यक्षमा सुशान्त कृष्ण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

शनिबार बागलुङ बजारमा सम्पन्न बागलुङ जेसीजको ४७ औँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

साथै बागलुङ जेसीजको कार्यकारिणी उपाध्यक्षमा शिव केसी र प्रेमप्रसाद ढकाल चयन हुनु भएका छन् । साथै उपाध्यक्षहरुमा धिरन पुन, मिलन खत्री, शुभम राजभण्डारी र सृष्टि आचार्य रहेका छन् ।

समितिको निर्देशकमा विशाल रेग्मी र सुविसन श्रेष्ठ र महासचिवमा शुलभ खड्का चयन भएका छन् ।

कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष सौरभ श्रेष्ठ, बागलुङ जेसीजका पूर्वअध्यक्ष सुजन श्रेष्ठ, पूर्वअध्यक्ष सुरेश प्रसाद श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभामा महासचिव तारा शर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रेमप्रसाद ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम बागलुङ जेसीजका अध्यक्ष गणेश महतोको अध्यक्षता र महासचिव तारा शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । बागलुङ जेसीज २०३५ साल भदौ २९ गते श्याम श्रेष्ठको नेतृत्वमा स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung