बागलुङ । नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा राष्ट्रिय उपाध्यक्ष सौरभ श्रेष्ठले उम्मेदवारी दिनु भएको छ । इतहरी जेसीजको आतिथ्यतामा पुष ६ गतेदेखि पुस ८ गतेसम्म इतहरीमा हुने ५१ औँ राष्ट्रिय सम्मेलनमा श्रेष्ठले उम्मेदवारी दिनु भएको हो ।
नेपाल जेसीजको संस्थागत विकास गर्न , धौलागिरि क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न र बागलुङ जेसीजको गरिमालाई उचो राख्नका लागि आफूले उम्मेदवारी दिएको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षका उम्मेदवार सौरभ श्रेष्ठले बताउनुभयो ।
४ जना आवश्यक पर्ने राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा नौ जनाको उमेदवारी परेको छ ।
२०१५ मा बागलुङ जेसीजको सदस्य बन्नु भएका सौरभ श्रेष्ठ, कोषाध्यक्ष, महासचिव, कार्यकारिणी उपाध्यक्ष, तालिम निर्देशक हुँदै २०२३ मा शाखा अध्यक्ष बन्नु भएको जेसीजका पूर्वअध्यक्ष सुदिप राजभण्डारीले जानकारी दिनुभयो ।
देशभर रहेका १ सय ८० शाखाबाट राष्ट्रिय सम्मेलनमा करिव १ हजार ५ सयले मतदाताले मतदान गर्ने भएको छ । यसअघि बागलुङ जेसीजले ६ वर्ष पहिले राष्ट्रिय अध्यक्षमा उम्मेदवारी प्रस्तुत गरेको थियो ।
उम्मेदवार श्रेष्ठलाई बागलुङ जेसीज र उहाँको परिवारको तर्फबाट सफलताको शुभकामना सहित बिदाई पनि गरिएको छ । जेसीजको राष्ट्रिय अध्यक्षका लागि १ जना आवश्यक पर्नेमा ६ जना र १२ जना उपाध्यक्षका लागि १८ जनाको उम्मेदवारी परेको जेसीजले जनाएको छ ।














































































































































































































