१७ कार्तिक २०८३, सोमबार

 

पत्रकार महासंघ बागलुङको नवनिर्वाचित कार्यसमितिको पदस्थापन

बागलुङ । नेपाल आठौँ अधिवेसनबाट निर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन समारोह सम्पन्न भएको हो ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको गत मंसिर २८ गते सम्पन्न आठौँ अधिवेसनबाट राम थापा अविरलको नेतृत्वमा निर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन भएको हो ।

नवनिर्वाचित कार्यसमितिको घोषणा सहित निर्वाचन समितिका संयोजक हिराबहादुर केसीले सपथ गराउनु भएको थियो भने नवनिर्वाचित अध्यक्ष राम थापालाई निवर्तमान अध्यक्ष नरेश कँडेलले पदस्थापन गराउनु भएको थियो । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृृष्णप्रसाद पाठकले गर्नु भएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य एव पूर्वमन्त्री दिपेन्द्रबहादुर थापा, गण्डकी प्रदेश सभाका सदस्य जितबहादुर शेरचन, दिलमाया पौवी, नेकपा एमाले बागलुङका सचिव गणेश थापा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, उद्योग वाणिज्य संघ बागलुङका वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्य, महासंघका सल्लाहकार तारानाथ आचार्य र पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम पत्रकार महासंघका अध्यक्ष नरेश कँडेलको अध्यक्षता सहित स्वागत, सचिव विजय राना र नवनिर्वाचित सचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung