११ श्रावण २०८३, सोमबार

 

विवाईसी बागलुङद्वारा ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा आश्रमलाई खाद्यान्न सहयोग

बागलुङ । विवाईसी बागलुङले ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

मंगलबार बागलुङ नगरपालिका-३ किनारा टोलमा रहेको आश्रममा आश्रित लक्ष्मी नारायणहरुलाई विवाईसी बागलुङले खाद्यान्न सहयोग गरेको हो ।

विवाईसी बागलुङका अध्यक्ष तोयनाथ गौतमले दश हजार बराबरको खाद्यान्न आश्रमकी सञ्चालिका विपना तामाङलाई हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रमको सञ्चालन आश्रमकी सञ्चालिका विपना तामाङले गरेकी थिइन् ।

सामुदायिक सशक्तिकरण, ग्रामीण विकास र सामाजिक सेवामा सक्रिय विवाईसी बागलुङले सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक, धार्मिक र मानविय क्षेत्रमा सहयोग गर्दै आएको छ । आश्रममा ६३ जना लक्ष्मी नारायण तथा बालगोपालहरूले आश्रय लिएर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung