३ श्रावण २०८३, आईतवार

 

धौलागिरी अटोमोबाइल व्यवसायी संघद्वारा डस्टबिन वितरण

बागलुङ । धौलागिरी अटोमोबाइल व्यवसायी संघले आफनो सदस्यहरुलाई डस्टबिन निशुल्क वितरण गरेको छ ।

संघले बुधबार ४८ जना अटोमोबाइल व्यवसायीहरुलाई कुहिने र नकुहिन गरी दुई वटाको दरले ९६ वटा डस्टबिन वितरण गरेको छ ।

संघले एक लाख २५ हजार बराबरको डस्टबिन वितरण गरेको हो । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले ‘नगरपालिकाले फोहोर वर्गीकरणको अभियान सुरु गर्न लागेको’ बताउनुभयो ।

यसका लागि नगरले वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न रङ संकेतसहितको गाडी तयार पारेको जानकारी दिनुभयो ।

‘नगरपालिकाले फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) र पुण प्रयोगमा ल्याउन सकिने फोहरलाई छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने गरी गाडीको व्यवस्था गर्ने गरी क्लिन सिटीको अवधारणा ल्याएको बताउनुभयो । त्यसको लागि नगरपालिकाले सबै नगरवासीलाई तीन वटा रंग लगाएको डस्टबिन वितरण गरिरहेको र वातावरण जोगाउने अभियानमा सबैले सहयोग गर्न  आव्हान गर्नु भयो ।

कार्यक्रममा बागलुङ नगरपालिका-१ का वडा अध्यक्ष जयबहादुर केसीले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम धौलागिरी अटोमोबाइल व्यवसायी संघका अध्यक्ष शिव शंकर साहको स्वागत र अध्यक्षता तथा महासचिव राजु शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

विसं २०७६ मा स्थापना भएको धौलागिरी अटोमोबाइल व्यवसायी संघमा ४८ जना व्यवसायीहरु आवद्ध छन् । यस क्षेत्रबाट २ सय २५ जना श्रमिकले रोजगारी पनि पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung