१६ कार्तिक २०८३, आईतवार

 

मंका: खल:द्वारा श्रेष्ठ प्रति श्रद्धाञ्जली व्यक्त

बागलुङ ।नेपाल भाषा मंका: खल: बागलुङले खलका संरक्षक सदस्य गोपाल प्रसाद श्रेष्ठको स्मृतिमा विहीबार श्रद्धाञ्जली व्यक्त गरेको छ ।

बागलुङ नगरपालिका-२ वालमन्दिर रोड निवासी खलका सदस्यहरु कृष्ण श्रेष्ठ, दुर्गा श्रेष्ठ, सु्न्दर श्रेष्ठ र अजित श्रेष्ठको पुजनिय बुबा गोपाल प्रसाद श्रेष्ठको स्मृतिमा नेपाल भाषा मंका: खल: बागलुङका अध्यक्ष जयराम भारी, निर्वतमान अध्यक्ष मुकेशचन्दं राजभण्डारी, उपाध्यक्षहरु निर्मलबहादुर श्रेष्ठ, विदेश कुमार श्रेष्ठ, सदस्यहरु निर्माण कुमार श्रेष्ठ, निरज शाक्य, जय राजभण्डारी, संजिव कुमार श्रेष्ठले मृतक आत्मा प्रति श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

कार्यक्रमको सञ्चालन नेपाल भाषा मंका: खल: बागलुङका सचिव सुदिप राजभण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung