१७ कार्तिक २०८३, सोमबार

 

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई देश विकासमा परिचालन गर्नुपर्छ : डा. रामकुमार श्रेष्ठ

बागलुङ । जेष्ठ नागरिकसँग भलाकुसारी गरेर नयाँ पुस्तालाई शिक्षित र पूर्णसंस्कार गर्ने उद्देश्यले बागलुङ शाक्य खल : काठमाडौंले राजधानीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

बागलुङ शाक्य खल : काठमाडौंले बागलुङका पहिलो चर्म तथा यौन रोग विज्ञ वीर अस्पतालका चर्म तथा यौन रोगका पूर्वनिर्देशक तथा समाजसेवी डा. रामकुमार श्रेष्ठले नयाँ पुस्तासँग आफनो जिवनका अनुभव र अनुभुति साझा गर्नु भएको थियो ।

बागलुङ सदरमुकाममा जन्मिएर बागलुङ ,पाल्पा हुदै गोरखपुर पुगेर शिक्षा लिएका श्रेष्ठले बेलायत पुगेर मेडिकल शिक्षा अध्ययन गरेर बागलुङ अस्पतालमा २०२१ सालतिर सेवा गरेको अनुभव समेत उहाँले सुनाउनुभयो ।

शिक्षा, रोजगारी र सफलताको लागि त्यति बेलाका युवाहरुले इतिहासमा गरेका संघर्षका कथाहरु डा. श्रेष्ठले भन्नु हुँदा श्रोताहरु गम्भीर भएर सुनि रहेका थिए ।

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकासमा परिचालन गर्नु पर्ने उहाँले बताउनुभयो ।

ज्येष्ठ नागरिकका हकहितको संरक्षण तथा संवद्र्धनका लागि र उनीहरुको सम्मान–आदरको संस्कृति बसाल्न सके समाज अझ सुसंस्कृति हुने श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा बागलुङ शाक्य खल : काठमाडौंका संरक्षक श्रवणलाल शाक्य , महिला अधिकारकर्मी गंगा देवी कसजु, बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठ , पूर्वअध्यक्ष शत्रुघन श्रेष्ठले जेष्ठ नागरिकसँगको भलाकुसारीले नयाँ पुस्ताले धेरै ज्ञानगुणका कुराहरु सिक्न पाउने  बताउनुभयो ।

कार्यक्रममा बागलुङ शाक्य खल : काठमाडौंका कार्यसमितिको सदस्य तथा कार्यक्रम संयोजक सुनिल सन शाक्यले सम्मानित व्यक्तित्व डा. रामकुमार श्रेष्ठको योगदानमाथि चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा डा, श्रेष्ठलाई मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

बागलुङ शाक्य खल : काठमाडौंले विभिन्न क्षेत्रहरुमा विशिष्ट योगदान गर्नु भएका जेष्ठ नागरिकहरुसँग दुई महिनाको एक पटक अन्तरक्रिया गर्ने योजना बनाएको खलका सचिव कविन्द्र मान शाक्यले बताउनुभयो ।

कार्यक्रम बागलुङ शाक्य खल : काठमाडौंका अध्यक्ष  युक्त प्रसाद शाक्यको अध्यक्षता, उपाध्यक्ष बाल कुमार शाक्यको स्वागत र सचिव कविन्द्र मान शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung