बागलुङ । लायन्स क्लब अफ बागलुङ सिटीले शनिबार धौलागिरि अस्पताललाई हिटर, कम्मल, तन्ना र वाटर डिस्पेंसर हस्तान्तरण गरेको छ ।
धौलागिरि अस्पतालको इमरजेन्सीवोर्डमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र विरामीलाई सहयोग होस भनि २५ हजार रुपैयाँको चार वटा हिटर, आठ वटा कम्मल, आठ वटा टन्ना र एउटा वाटर डिसपेन्सर उपलब्ध गराएको लायन्स क्लब अफ बागलुङ सिटीकी अध्यक्ष दुर्गा श्रीसले बताइन् ।
कार्यक्रममा धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा किरण तिवारीले लायन्स क्लब अफ बागलुङ सिटीले उपलब्ध गराएको सामानले अस्पतालको इमरजेन्सी वोर्डमा सेवा दिन सहज हुने बताउनुभयो ।
कार्यक्रममा डिष्ट्रिक कोडिनेटर दुर्गा कुँवर र क्लबकी अध्यक्ष दुर्गा श्रीसले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम लायन्स क्लब अफ बागलुङ सिटीकी अध्यक्ष दुर्गा श्रीसको अध्यक्षता, उपाध्यक्ष सिर्जना थापाको स्वागत र सचिव संन्ध्या राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
लायन्स क्लब अफ बागलुङ सिटी क्लबका सदस्यहरुको नेतृत्व विकासका साथै मानविय, जनस्वास्थ्य, शैक्षिक र सामाजिक सेवामा क्रियाशिल छ ।






















































































































































































































