बागलुङ । गलकोट नगरपालिका-७ मल्मका निर्वतमान वडाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) बागलुङका सल्लाहकार सुवेदार टिकाबहादुर थापाको ६९ वर्षको उमेरमा बुधबार विहान ११ बजे बागलुङ बजारमा निधन भएको छ ।
थापा केही समयदेखि मुटुको रोगबाट ग्रसित हुनु हुन्थ्यो । थापाको निधनले गलकोट क्षेत्रको राजनैतिक,शैक्षिक र सामाजिक क्षेत्रमा अपुरनिय क्षेति पुगेको नेकपा (माओवादी केन्द्र) बागलुङका जिल्ला संयोजक राजिव घिमिरेले नयाँ विश्वलाई बताउनुभयो ।
थापाको पार्थिक शरीरलाई विहीबार श्रञ्द्धाजलिका लागि मल्मको म्यालेमा आफनै निवासमा राखिएको थियो ।
भोलि गलकोट नगरपालिका-७ मल्मको वडा कार्यालयमा विहान दस बजे थापाको पार्थिक शरीरमा अन्तिम श्रञ्द्धाजलि दिने कार्यक्रम रहेको गलकोट नगरपालिका-७ मल्मका वडा अध्यक्ष राजबहादुर थापाले नयाँ विश्वलाई जानकारी दिनुभयो ।
सुवेदार थापा जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, गलकोट बोर्डिक स्कुलका व्यवस्थापन समितिका अध्यक्ष, झिर्का टापु सामुदायिक वनका अध्यक्ष, भूपु सैनिक संघ मल्मका अध्यक्ष लगाएत विभिन्न संघसंस्थासँग जोडिनु भएको थियो ।
थापालाई भोलि सिमखेतस्थित गौदीघाटमा नेकपा (माओवादी केन्द्र) गलकोट मल्मको वडा समितिले सम्मानसहित अन्त्येष्टि गरिने नेकपा (माओवादी केन्द्र) गलकोट मल्मको वडा समितिका अध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिनुभयो ।

































































































































































































