३ श्रावण २०८३, आईतवार

 

महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भयो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता ल्याउन महिला जनप्रतिनिधिहरूको सक्रिय भूमिका रहेको बताउनुभयो ।

काठमाडौँमा शुक्रबार भएको ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको गरिमा बढाउन र सेवाग्राहीले गुणस्तरीय सेवा पाउने काममा महिला जनप्रतिनिधिले नै अगुवाइ गरेको बताउनुभयो ।

हिजो छोरीहरूको साक्षरताको स्तर साह्रै कमजोर थियो र उनीहरुको राजनीतिक र सामाजिक अवस्था पनि राम्रो थिएन तर आज आज महिलाहरू शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक र संम्वैधानिक परिवर्तनको उपलब्धि भएको उहाँको भनाई थियो ।

प्रधानमन्त्री ओलीले महिलाहरूमा करुण, माया र स्नेहभाव बढी हुने र उनीहरूको भूमिका हरेक क्षेत्रमा उत्कृष्टता र श्रेष्ठता हासिल गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई आइकन सम्मान प्रदान गरिएको थियो ।

आइकन सम्मानबाट आफू सम्मानित हुन पाउदा गौरव अनुभुति भएको र थप जिम्मेवारीको वोध भएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले नयाँविश्वलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung