१६ कार्तिक २०८३, आईतवार

 

मैत्रीपूर्ण फुटसल खेलेर मनाइयो प्रगतिशील पत्रकार सङ्घको अठारौँ स्थापना दिवस

बागलुङ । प्रगतिशील पत्रकार सङ्घ नेपालको अठारौँ स्थापना दिवस बागलुङमा पत्रकारहरुबिच मैत्रीपूर्ण फुटसल खेलेर मनाएको छ ।

बागलुङको रसआवर फुलसल मैदानमा पत्रकारहरुको दुई समूह बनाइ फुटसल खेलेर प्रगतिशील पत्रकार सङ्घ नेपालको अठारौ स्थापना दिवस मनाइएको हो ।

खेलको उद्घाटन प्रगतिशील पत्रकार सङ्घ बागलुङका पूर्वअध्यक्ष रामनारायण सुवेदीले गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै उहाँले पत्रकारहरूबीच आपसी सद्भाव र सहिष्णुता अभिवृद्धिको सन्देश दिन स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण खेल आयोजना गरिएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले पत्रकारहरुबिचको एकतालाई कायम गर्नका लागि यस प्रकारका गतिविधिले महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो ।

कार्यक्रम संघका जिल्ला अध्यक्ष विजय रानाको अध्यक्षता तथा स्वागत र केन्द्रिय सचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रगतिशील पत्रकार सङ्घ नेपालको २०६४ पुस २२ गते दाङको भालुबाङमा स्थापना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung