बागलुङ । मानव सेवा आश्रम बागलुङले धर्मराज खत्री क्षेत्रीको स्मृतिमा बुधबार श्रद्धाञ्जली व्यक्त गरेको छ ।
बागलुङ नगरपालिका-३ मुलपानी निवासी क्षेत्री प्रति मानव सेवा आश्रम बागलुङका सञ्चालिका विपना तामाङ, अभिभावकहरु निर्मलबहादुर श्रेष्ठ, लक्ष्मी बाँस्कोटा, सरिता गौतम र सुनीता श्रेष्ठले मृतक आत्मा प्रति श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
कार्यक्रमको सञ्चालन मानव सेवा आश्रम बागलुङका अभिभावक निर्मलबहादुर श्रेष्ठले गर्नु भएको थियो ।क्षेत्रीले विगत तीन वर्षदेखि आश्रमको सेवा लिनु भएको थियो ।




















































































































































































































