बागलुङ । नेकपा (माओवादी केन्द्र) बागलुङले पार्टीका जिल्ला सल्लाहकार तथा गलकोट नगरपालिका-७ मल्मका निर्वतमान वडा अध्यक्ष सुवेदार टिकाबहादुर थापाको स्मृतिमा आइतबार श्रद्धाञ्जली व्यक्त गरेको छ ।
निर्वतमान वडा अध्यक्ष सुवेदार थापा प्रति नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य चन्द्रबहादुर बुुढा सागर, प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैर, जिल्ला संयोजक राजिव घिमिरे, बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, बागलुङ नगर समितिका अध्यक्ष निर्मलबहादुर श्रेष्ठ, सहसचिव जिवन शर्मा, गलकोट नगर पार्टीका अध्यक्ष गंगा भुजेल र उपाध्यक्ष छुमबहादुर थापाले मृतक आत्मा प्रति श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
श्रद्धाञ्जली सभामा उपस्थिति सबै महानुभावहरुमा परिवारको तर्फबाट छोरा कुलवीर थापाले धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम हिरा बहादुर थापाको अध्यक्षतामा र सञ्चालन नेकपा (माओवादी केन्द्र) गलकोट पालिका-७ का वडा अध्यक्ष ज्ञानबहादुर थापाले गर्नु भएको थियो ।





















































































































































































































