४ श्रावण २०८३, सोमबार

 

निजामती कर्मचारी युनियन बागलुङको अध्यक्षमा देव प्रकाश घिमिरे

बागलुङ । नेपाल निजामती कर्मचारी युनियन बागलुङ जिल्ला कार्यसमितिको नवौँ जिल्ला अधिवेशनले देव प्रकाश घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति शनिबार चयन गरेको छ ।

समितिको उपाध्यक्षमा खुला तर्फ विनाराम डाँगी, समावेशी उपाध्यक्षमा वुद्धिराम गुरुङ र महिला उपाध्यक्षमा मञ्जु कार्की, सचिवमा सुजन श्रेष्ठ, कोषाध्यक्षमा पुरुषोत्तम गौतम र सहसचिवमा दिपेन्द्र केसी चयन हुनु भएका छन् ।

साथै सदस्यहरुमा मनोज भुषाल, सुर्दशन कुसारी, घनश्याम ज्ञवाली, हरिकृष्ण शर्मा, वलराम अधिकारी, हरि पौडेल, गीता रिजाल शर्मा, प्रेमकुमारी केसी, छत्रमणी लाल कर्ण, पृथ्वीबहादुर थापा, शिवबहादुर बस्नेत र रमाकान्त पौडेल सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक खेमप्रसाद आचार्यले बताउनुभयो ।

अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिमा मोहन कुमार केसी, प्रकाश सुवेदी, जोगबहादुर घर्ती, लक्ष्मण पौडेल, माधवी शर्मा र नारायण पौडेललाई र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा देव शर्मा आचार्य, टेकनारायण सुवेदी, दुर्गाप्रसाद शमा, आनन्द प्रसाद शर्मा, गीता सापकोटा र अम्बिका सापकोटा चयन भएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्का, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उत्तम कुमार कटुवाल, गण्डकी प्रदेशसभाकी सदस्य दिलमाया पौवी, डिल्लीराम सुवेदी, बागलुङ नगरपालिकाका प्रमुख तथा कांग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीबडिगाड गाउँपालकाकी अध्यक्ष तथा नेपाली कांग्रेस बागलुङकी सचिव गण्डकी थापा अधिकारी, जैमिनी नगरपालिकाका उपप्रमुख तथा नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्मा, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भीम श्रीष, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय महासचिव जनक रावल, उपमहासचिव गणेश भण्डारी र इन्दु शर्मा, सचिव जगत पाठक, प्रकाश भट्टराइ, कुलप्रसाद भट्टराइ, आधिकारिक ट्रेड युनियन बागलुङका उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, निर्वाचन अधिकृत खेमप्रसाद आचार्य, गण्डकी प्रदेशका अध्यक्ष दिपक रेग्मी, कर्णली प्रदेशका पूर्व अध्यक्ष दिलीप जंग शाही, गण्डकी प्रदेशका पूर्वअध्यक्ष शिव शर्मा अधिकारी, नेपाल निजामती कर्मचारी संगठनका सचिव मनोज कार्की, नेपाल प्रेस युनियन बागलुङका सचिव डम्बर बुढा मगरले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा उत्कृष्ठ कर्मचारी र विभिन्न संगठन छाडेर आएकालाई सम्मान र स्वागत गरिएको थियो ।

कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन, बागलुङका अध्यक्ष देव शर्मा आचार्यको अध्यक्षता, उपाध्यक्ष जोकबहादुर घर्तीको स्वागत, सचिव नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung