बागलुङ। लायन्स क्लब अफ धौलागिरि बागलुङ र लियो क्लब अफ धौलागिरि बागलुङको संयुक्त आयोजनामा उद्घोषण तालिम आयोजना गरेको छ ।
शनिबार बागलुङ बजारमा भएको कार्यक्रममा लियो क्लब अफ धौलागिरिका २० जना पदाधिकारी र सदस्यहरुले तालिममा भाग लिएका थिए ।
लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष गणेश महतोले तालिमको सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा डिष्ट्रिक कोडिनेटर एमजेएफ पार्वती अधिकारी, डिष्ट्रिक को चिफ एडभाइज कविता बस्नेत, जोन चियर पर्सन जुनु श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष गणेश महतोको अध्यक्षता, लियो डिष्ट्रिक इन्टरनेशनल ३२५ का पिआरओ प्रवेश पौडेलको स्वागत र लियो क्लब अफ धौलागिरि बागलुङकी प्रथम उपाध्यक्ष आसमिन सेखको सञ्चालनमा सम्पन्न भएको थियो ।






















































































































































































































