बागलुङ । बागलुङ नगरपालिका-४ कुँडुलेको मिलिजुली खानेपानी उपभोक्ता समिति बागलुङको आयोजनामा बागलुङ नगरपालिका-४ कुँडुले तिरुपती चोक निवासी करिमा पुन मगरको स्मृतिमा बिहीबार श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
मिलिजुली खानेपानी उपभोक्ता समिति,कुँडुले, बागलुङका सचिव चन्द्रबहादुर पुन मगर र शुभचिन्तक डोलेन्द्रबहादुर पुन मगरका ममतामयी आमा करिमा पुन मगर प्रति मिलिजुली खानेपानी उपभोक्ता समितिका अध्यक्ष यामलाल आचार्य, संस्थापन अध्यक्ष पिरपती आचार्य, कोषाध्यक्ष सोभिता केसी आचार्य, सदस्यहरु राधिका आचार्य, श्याम सापकोटा, किरण आचार्य, कृष्ण कार्की, चन्द्रदत्त सापकोटा,कृष्ण आचार्य, टिकाराम आचार्य, पार्वती क्षेत्री, कुसुम आचार्य, खिमानन्द आचार्य, बृहस्पती आचार्यले श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
श्रद्धाञ्जली सभामा उपस्थिति सबै महानुभावहरुमा परिवारको तर्फबाट छोरा चन्द्रबहादुर पुन मगरले धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन मिलिजुली खानेपानी उपभोक्ता समिति बागलुङका अध्यक्ष यामलाल आचार्यले गर्नु भएको थियो ।



















































































































































































































