७ कार्तिक २०८३, शुक्रबार

 

लेनिनवादको भविष्य

आज २१ जनवरी लेनिनको मृत्यूको सय वर्ष पुगेको दिन। हामी आज यहाँ लेनिनको मृत्युमा शोक मनाउन भेला भएका होइनौँ। न त लेनिनले सय वर्ष अघि यस लोकलाई विरासतमा छोडेर गएको सोभियत संघको विघटनमाथि दुःख मनाउ गर्न उपस्थित भएका हौँ।

हामी वास्तवमा लेनिनको वैचारिक लिगेसी र उन्ले नेतृत्व गरेको क्रान्तिकारी समाजवादको कहींकतै हाम्रा र हामी भन्दा पछिल्ला पिँडीका लागि औचित्य छ भनेर विचार विमर्श गर्न भेला भएका छौँ।

लेनिनलाई मन नपराउनेहरुको संसारमा ठूलो जमात छ। नेपालमा पनि छन्, उनीहरु लेनिनलाई सत्तो सराप गर्न र उनले नेतृत्व गरेको बोल्सेभिक पार्टी, उस्को नेतृत्वमा सम्पन्न भएकोे क्रान्ति, र त्यसपछि प्रेरणा स्वरुप विश्वव्यापी रुपमा भएका आर्थिक तथा सामाजिक न्यायका खातिर भएका स्वतन्त्रता सम्वन्धी आन्दोलनहरु, साम्राज्यवाद बिरुद्धको मुक्ति आन्दोलन र उपलब्धीहरुलाई नामेट पार्न रुचाउनेहरुको विगविगी अहिले पनि उत्तिकै देखिन्छ।

यसको एउटै मात्र मूल कारण हो पूँजीवादी मुलुक, तिनका शासक र चिन्तकहरुलाई अहिले पनि लेनिनको वैचारिक तथा व्यवहारिक क्रान्तिकारी विधि, रणनीति तथा सांगठानिक प्रस्तावनाले आतंकित तुल्याउने गर्छ। यो पूँजीवादीहरुको हकमा मात्र होइन, साम्राज्यवादी, अधिनायकवादी, सुधारवादी र नक्कली क्रान्तिकारीहरुको जमातमा समेत लेनिनको भूतले डर उत्पादन गरिरहेको देखिन्छ।

सन् २००८ मा इतिहाँसकार लार्स टि। लिअको महत्वपूर्ण किताव “लेनिन रिडस्कभर्डस् ह्वाट इज टु बि डन” प्रकासित भयो। किताव प्रकासित भएसँगै एउटा असलियत कुरा पनि बाहिर आयो। त्यो थियो, वास्तवमा इतिहासकार लिअ सैद्धान्तिक वैचारिक रुपमा भ्लादिमिर इल्यिच लेनिनलाई गलत सावित गर्ने मनसाय राखेर अनुसन्धानमा निस्किएका थिए। तर अनुसन्धानको परिणामपछि भने उनी आफैँ लेनिनबाट प्रभावित हुन पुगे।

उक्त किताव समाजवादप्रति प्रतिवद्ध प्रकाशन मन्थ्ली रिभ्यू प्रेशले नै बाहिर ल्यायो। त्यसो त दोश्रो विश्व युद्ध लगत्तै पश्चात पहिलो शीतयुद्धकालीन समयमा उदारवादी, वाम–तथा दक्षिणपन्थी सुधारवादीहरु, एनार्किष्टहरु तथा कथित र्‍याडिकल्सहरुले लेनिनको बेइज्जत गर्न कुनै कसरत छोडेका थिएनन्।

लेनिनलाई अघिल्लो पुस्ताका ब्लांन्की, बाकुनिनहरुले जालसाँजकर्ता ९अयलकउष्चबतयच०, अराजकतावादी देखाउन आजसम्म पनि प्रयत्न गर्नेहरुको कमी छैन। अर्थको अनर्थ लाग्ने, झुट र वास्तविक इतिहासलाई बंग्याउन रवर्ट सर्भिस ९लेनिन अ पोलिटिकल लाइफका लेखक०, ओरलाण्डो फिग्स ९दि पिपुल्स ट्रेजेडीका लेखक० जस्ता नाम चलेका इतिहासकार समेत लागी परेका थिए।

अक्टुवर क्रान्तिलाई हुलमुलमा, जालसाँजी गरेर जितेको, झुटमुटको क्रान्ति देखाउन लागि परेको दर्ज गर्न पनि कसरत गरिएको थियो। अहिले पनि निकै ठूला ठेली प्रकाशीत गरेर या बुकलेट निकालेर, वा कमिक्स ९सचित्र० निकालेर लेनिन तथा उन्को बोल्सेभिक पार्टीलाई अलोकतान्त्रिक, तानाशाहीको जगमा उभिएको बताउन र लेनिनलाई भिलेन बनाउन प्रयत्न गर्नेहरुको लर्को निकै लामो देखिन्छ। त्यसको अर्थ लेनिनबारे सत्य तथ्य लेख्नेहरुको अभाव छ भन्ने होइन। सन् २००८र०९ को विश्वव्याप मन्दीपछि मार्क्सलाई खोजिए जस्तै लेनिनको खोजी गर्नेहरुको जमात पनि त्यत्तिकै बढीरहेकोछ।

सन् १९९० को सुरुवातमै लेनिनको नेतृत्वमा स्थापित हुन पुगेको सोभियत सत्ता ढल्यो। मुलुक नै विखण्डित हुन पुग्यो। उदारवादी र नवउदारवादी लेखक तथा र राजनीतिशास्त्रीहरुले सोभियत संघको विघटन पछि समाजवादको हार र पूँजीवादको जीत भनेर अर्थ्याए।

समाजवाद फेरि कहिल्यै नफर्कने घोषणा गरे। त्यसपछि लेनिनलाई सत्तोसराप गर्नेहरुमा पूर्वी युरोपेली र विघटित सोभियतसँघकै शासकहरु पनि थपिए।

लेनिनलाई होच्याउन नयाँ नयाँ चलचित्रहरु पनि बनाइए। जस्तो गुडबाई लेनिन ९२००३०। ती चलचित्रले पूर्वी युरोप र विघटित सोभियत गणराज्यहरुलाई खुइल्याउन र कम्युनिष्ट सपनालाई भ्रष्टीकरण गर्न ती सहयोगी नै देखिए। खासगरी लेनिनको विचार र लेनिनलाई दानवीकरण गर्न नै त्यस्ता चलचित्रहरु निर्माण गरिएका थिए भन्ने बुझ्न गाह्रो ९ीभ द्यबिलअस द्दण्ज्ञद्ध, उबनभ द्दढ० थिएन।

तर धेरै समय नबित्दै नवउदारवादी पूँजीवाद आफैँ धराशायी हुँदै गयो। एक पछि अर्को दुर्घटनाहरु घट्दै गए। राष्ट्रहरु अर्थराजनैतिक समस्याले ग्रसित हुँदै गए। फेरि पहिलो समाजवादी क्रान्तिका बाहक लेनिनमाथि नयाँ शिराबाट खोज तथा अनुसन्धान सुरु भयो।

उनका विचार र भावना, उन्का काम गराई र प्राप्त परिणामवारे नया शीरावाट छानविन तथा अन्वेषण गर्ने काम सुरु भएको छ। हामी आफैँ पनि यस हलमा लेनिनको विचार र कामका बारेमा छलफल गर्न उपस्थित भएकाछौँ। कुनै एक ब्यक्तिको पुजा अर्चना गर्न वा देवत्वकरणकालागि यहाँ हामी उपस्थित भएका होइनौ।

हामीलाई व्यक्तिको व्यक्तित्व ९उभचकयलबष्तिथ अगति० प्रति कुनै चासो राख्नु पर्ने आवश्यकता छैन। तर हामीलाई लाग्छ लेनिन मार्क्सवादलाई गहिरोसँग बुझेर, विश्व परिवेशलाई केलाएर, नयाँ नयाँ विधि र प्रक्रिया तयार पारेर अगाडि बढेका थिए।

उनले मार्क्सवादको कपी–पेष्ट गरेनन् वल्कि मार्क्सवादी सिद्धान्त र त्यसले बोकेको स्प्रिट बमोजिम त्यसको उन्नति र प्रगतिमा आफुलाई होमे। वास्तवमा राज्य र क्रान्ति, के गर्ने रु साम्राज्यवाद पूँजीवादको उच्च अवस्था जस्ता कीर्तिहरु त्यही स्प्रिटको उपज थिए। उनले आफ्नो जीवन नै क्रान्तिकारी परिवर्तनका लागि न्यौच्छावर गरेका थिए।

लेनिन श्रमजीवि वर्ग खासगरी मजदुर र किसानको हितमा उनीहरुलाई संगठित गरी उनीहरुकै नेतृत्वमा जारशाही उखलेर फ्याक्न चाहन्थे। इतिहासकार लिअले “लेनिन रिडस्कभर्डस् ह्वाट इज टु वि डन” शीर्षकको कितावमा लेनिनको समाजवाद प्राप्तिकालागि उन्को प्रतिवद्धता बेजोड रहेको स्वीकार गरेका छन्। आम रुपमा लेनिन श्रमजीवी वर्गको संघर्ष गर्ने क्षमतामाथि पूर्ण विश्वास गर्दथे। सैद्धान्तिक रुपमा मार्क्सवादमा आधारित समाजवादी कार्यक्रममाथि प्रतिबद्धता भएको र पेशागत रुपमा होमिन सक्ने क्षमता भएको श्रमजीवीको पार्टी हुने हो भने राजनैतिक क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने कुरामा लेनिनमा दृढ विश्वास थियो ९ीष्जस द्दण्ण्ड०।

लेनिनको विचारमा मार्क्सवाद

सन् १८९० मा रुसमा पहिलो क्रान्ति हुन खोज्यो तर असफल भयो। इतिहासकार तामास क्राउजका अनुसार त्यस क्रान्तिले निम्न प्रश्नहरु खडा गर्‍यो।

पहिलो, पूँजीवादको सीमा कति हो रु वैदेशीक प्रत्यक्ष पूँजी लगानीको सीमा कसरी निर्धारण हुन्छ रु यसैमा जोडिएर आउने कृषि पूँजीवादको जरो कता गाँसिन्छ रु जबकि रुसको दुई ठूला सहरहरुमा मात्र औद्योगिक करिडोर रहेको अवस्थामा औद्योगिक पूँजीवादको विस्तार कसरी हुन्छ रु यी प्रश्नहरुले राजनीतिक रुपमा पनि अरु तीन आधारभूत प्रश्न खडा गरिदिएको थियो।

पहिलो, तानाशाही राजतन्त्रको भविष्य अब के हुन्छ रु दोश्रो, रुसी आर्थिक विकासमा कृषि क्षेत्रको सुधारको प्रश्न कसरी हल हुन्छरु र तेश्रो, औद्योगिक विकास र खेतियोग्य जमिनको वितरणको राजनीतिक समाधान कसरी खोज्ने रु वास्तवमा अन्तिम प्रश्नको आफुलाई क्रान्तिकारी दावी गर्ने सबैले कार्यक्रमकै रुपमा उत्तर खोज्नु पर्ने अवस्था त्यस आन्दोलनले खडा गर्‍यो ९प्चबगकशभस द्दण्ज्ञछ० ।

यी माथि उठेका प्रश्नहरुमा गहिरोसँग घोत्लिन थालेपछि लेनिनको नरोद्‍नीक सँगको नाता तोडियो।

लेनिनले निकै ढिलागरी निर्वासनका बेला जोन ए। हवसन्को ‘दि इभोल्युशन अफ मोर्डन क्यापिटालिजम’ पढे। असल पूँजीवाद र खराव पूँजीवादको ब्याख्याले उन्लाई दिक्कै तुल्यायो। सन् १९०५ मा भएको रसियन क्रान्तिले मार्क्सवादीहरु र उदारवादीहरु बीच कित्ताकाट हुने गरी नाता तोडियो।

खासगरी गण्तन्त्रको स्थापना र लोकतान्त्रिक संघिय गणतन्त्र स्थापना गर्ने विषयमा मतभेद देखापरे। संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रजातान्त्रिक स्वतन्त्रतालाई अधिकारका रुपमा स्थापित गर्ने विषय, संविधानले ग्यारेन्टी गर्ने संसद, तथा श्रमिकले रोजगारीकालागि आठ घण्टा मात्र समय व्यतित गर्न पाउनु पर्ने अधिकारको विषयमा उदारवादीहरु सँग मार्क्सवादीहरुको विमती रह्यो। यी यस्ता विषय थिए जस्ले प्रजातान्त्रिक क्रान्तिलाई समाजवादी क्रान्तिमा रुपान्तरण गर्न सकिन्छ भन्ने विषय प्रमुख भएर जोडिन्थे।

जस्तो कृषि क्षेत्रको विकास सम्वन्धी मुद्धा, जमिन नभएकालार्य खेतीयोग्य जमिन उपलब्ध गराउने कुरा, शिक्षा र स्वास्थ्यमा आम मान्छेको अधिकार स्थापित गर्ने विषय, समाजमा देखिएका सामाजिक तथा कानुनी भेदभाव, आत्मनिर्णयको अधिकारको विषय अथवा क्रान्तिकारी अधिनायकवाद स्थापित गर्ने विषय समाजका मुद्धा बनाउन उदारवादीहरु तत्पर भएनन्।

यी यस्ता समस्याहरु थिए यस्ले नै त्यसवेला देशभित्र भएका पार्टीहरुसँगको सम्वन्ध वा दुरी तय गर्न पर्थ्यो। यसको अर्थ बुर्जुवाहरुको पक्षमा उभिने कि गरिव किसान तथा मजदुरको पक्षमा रु खासगरी समाजवादी पार्टीहरु कस्को पक्षमा उभिने प्रश्न महत्वपूर्ण थियो।

यो प्रश्न क्रान्ति कस्को पक्षमा गर्ने या हुने मुद्धाहरुले समाजिक जनवादी भनिने पार्टीहरुमै समेत विभाजन ल्याइदियो। यो प्रश्न वास्तवमा मार्क्सवाद रोज्ने कि उदारवाद रोज्ने भन्ने आजको प्रश्न त्यतिवेला पनि उठेको ९ीबलभस द्दण्द्दण्० । यी सवै विषयमाथि उप्जिएका प्रश्नहरु को उदारवादमा उत्तर नभेटिएपछि लेनिनले तात्कालीन सन्दर्भको उदारवाद र बर्नेष्टाइनको सुधारवादवाट आफुलाई अलग्याए। मार्क्सवादलाई आफ्नो ९रुसी० सन्दर्भमा कसरी लागु गर्न सकिन्छ भनेर लागि परे।

मार्क्सवादको गहिरो अध्ययनपछि लेनिन समाजवाद आधुनिक बर्जुवा पूँजीवादमाथि विद्रोह बोलेर नै आउने निधोमा पुगे। उन्ले रुसी पूँजीवादमा समाजवादका लागि संघर्ष गर्ने तीनवटा काम फेला पारे। पहिलो, मार्क्सको एतिहाँसिक भौतिकवादको मार्क्सवादी नियम मा आधारित रहेर पूँजीवादको असमान विकासमा उब्जने अन्तरविरोधलाई बुझ्ने काम।

दोश्रो, पूँजीवादभित्रका अन्तरविरोधलाई बुझेर राजनैतिक दलले आफ्नो शक्तिलाई कृयाशील बनाउदै क्रान्तिका योजनालाई आम आन्दोलनमा बदल्न कोसिशस गर्नु पर्ने काम। र तेश्रो, एकाधिकार पूँजीवाद तहगत जगमा खडा हुने साम्राज्यवादका क्रियाकलाप लाई शस्लेषण गरि अगाडि बढ्ने काम। यी कामको जगमा उभिएर लेनिनले राजनैतिक अर्थशाश्त्र तथा सामाजिक संरचनाबारे समाजशास्त्रीय कोणवाट स्थानीय परिस्थितीलाई बोध गर्ने र राजनीतिक क्रियाकलाप अगाडि बढाउने मौलिक प्रयत्न थाले।

विधि, संगठन र क्रान्ति

मार्क्सवाट लेनिनले सिकेको प्रमुख मन्त्र भनेकै ‘क्रान्तिकारी बाटोवाट मात्र पूँजीवादलाई बिस्थापित गर्न सकिन्छ’ भन्ने विषय थियो। सन् १८९० यता लेनिनले पूँजीवादलाई विस्थापित गर्न कस्तो साधन, कस्तो विधि तथा कस्तो सांगठानिक शक्तिको आवश्यक पर्छ भन्ने ध्याउन्नमा समय खर्चिए।

उन्ले पहिलो ध्याउन्न पूँजीवादलाई विस्थापित गर्न “के गर्ने” ९ध्जबत ष्क तय दभ म्यलभरु० भन्नेमा खर्चिए। अर्थात् कस्तो पार्टी र कस्तो क्रान्तिका लागि कस्तो वर्गीय चेतना आवश्यकता पर्छ भन्ने विषय। सन् १८९० ताका सामाजिक जनवादीहरु बीचको छलफल बहस नै के गर्ने रु भन्ने विषय माउ विषय बनेको थियो। र के गर्ने रु मार्क्सवादी बहसकै सह–उत्पादनका रुपमा उठेको थियो। एकतेरिना कुस्कोभा र सर्गेइ प्रोकोभिचले यस सन्दर्भमा एउटा पम्प्लेट सन् १८९९ मै निकालेका थिए।

श्रमजीवि कामदार वर्गको आर्थिक मुद्धा र संघर्ष एकातर्फ र पार्टीहरुको राजनैतिक संघर्ष अर्कोतर्फ भइदिँदा के अप्ठेरो हुन्छ भन्ने बहस बर्नेष्टाइनको सुधारवादलाई जोडेर उठेको बहस नोट त्यस पम्प्लेटमा उद्धृत गरिएको थियो। लेनिनले सन् १९०२ मा अकस्मात हुने जनविद्रोहमा समाजिक जनवादीहरुको भूमिका के हुने रु जारको तानाशाहीलाई कसरी त्यो कामदार वर्गको जनविद्रोहमा केन्द्रित हुन संभव छ रु यो सामान्य अर्थतन्त्रको मुद्धा मात्र थिएन।

मजदुरको जीवनयापनको प्रश्नसँग राजनीतिक तथा आर्थिक संरचना ९धजयभि कतचगअतगचभ० को विश्लेषण या कार्यक्रम मार्फत संवोधन गर्नु पर्छ भन्ने लेनिनको मान्यता थियो। यो विषय तात्कालीन राज्यले समाधान नखोज्दा नै क्रान्तिले संवोधन गर्नु पर्ने हुन्थ्यो।

लेनिनको पार्टी निर्माणको थेसिस वास्तवमा श्रमजीवी वर्गको वर्ग चेतनासँग जोडिएर आउँछ। उन्को विश्लेषण अनुसार श्रमजीवि वर्ग वास्तवमा पूँजीवादी प्रणालीको एउटा कंक्रिट भाग हो। यदि श्रमिक वर्ग आफ्नो अधिकारको लागि चेतनशील हुन पुग्यो भने परिवर्तनलाई कसैले रोक्न सक्ने संभावना हुँदेन।

तर लेनिनको विचारमा श्रमजीवि आफैं वा आफ्नै प्रयत्नमा मात्र चेतनशील हुन सक्ने संभावना रहन्न। लेनिनले श्रमजीविको यो अवस्था पश्चिम युरोपमा १ वर्ष आप्रवाशनमा बस्दा महसुस गरेका थिए। किनभने आम श्रमजीविको ध्यान पूँजीवादका अनेकन विज्ञापन, प्रोपगण्डा, तथा समाचारहरुले अन्यत्रै बराली दिन्छन्।

त्यसैले उनी के निचोडमा पुगेका थिए भने ‘एउटा क्रान्तिकारी आन्दोलन, क्रान्तिकारी दर्शनको अभावमा उठ्न संभव हुँदैन’। मुलुकका दैनन्दिनको हर किसिमका घटनालाई आफुखुसी प्रचार गरेर नराम्रोलाई राम्रो बताउन राज्य र पूँजीपती वर्ग लागि पर्छन्। असत्यलाई पनि सत्य सावित गर्न खोज्छन्।

जस्को मुख्य लक्ष्य आफु विरुद्ध हुने संभावित विद्रोहलाई टाल्नु हो ९ीभलष्लस द्दण्ण्द्धस घठण्०। त्यसैले संगठनका अनेकन मोर्चा हुन आवश्यक हुन्छ खासगरी खुलापन, पारदर्शिता एकातर्फ हुनपर्छ भने अर्कोतर्फ रणनीतिक तथा गोपनीयता संगठनको अर्को पाटो बनाइनु पर्छ।

लेनिनको यो द्वैधतालाई लिएर विपक्षीले जालसाँजी ९अयलकउष्चबअथ० भनेर पनि अथ्र्याए। तर लेनिनले एक कदम अगाडि, दुई कदम पछाडि ९इलभ क्तभउ ँयचधबचम, त्धय कतभउ द्यबअप० मार्फत आवश्यकताका रुपमा व्याख्या गरेका छन्। वास्तवमा एउटा क्रान्तिकारी पार्टीका लागि आफ्नो ठिक विपरित सोच र विचार राख्ने प्रतिक्रान्तिकारीको क्रियाकलाप र रणनीति जान्न आवश्यक हुन्छ।

अर्को अर्थमा आफैले शिक्षा ग्रहण गर्ने, सिक्ने र सिकाउने सांगठानिक पाटो हो भन्ने लेनिनको मान्यता देखिन्छ। लेनिनको यो मनसायलाई जर्ज लुकासले ‘हिस्ट्री एण्ड क्लास कन्सियसनेस’ मा रामरी व्याख्या गरेका छन् ९ीगअबकस् ज्ञढटठ०।

‘अन वार’ का लेखक कार्ल भन क्लजवीट्ज नेपोलियनले बनाएको युद्ध रणनीतिवाट अत्यधिक प्रभावित थिए। मिलेटरी शक्ति कसरी बन्छरु खास के का लागि बनाइन्छरु लेनिनले भने कार्लवीट्जलाई महत्व दिएर पढेका थिए र राज्यका लागि सेना किन अपरिहार्य हुन्छ भन्ने थाहा पाएका थिए।

उन्ले युद्ध सम्वन्ध र संगठनवाटै सिकेर एउटा रुपान्तरण गर्ने पार्टीका लागि क्रान्तिकारी युक्ति ९चभखयगितष्यलबचथ कतचबतभनथ० र क्रान्तिकारी रणनीति ९चभखयगितष्यलबचथ कतचबतभनथ० निर्माण गर्नु पर्ने ठाने। युक्तिले वर्ग संघर्षको एउटा निश्चित अवयवको मूल्याङ्कन गर्न सघाउछ।

त्यसले अल्पकालीन समयमा कोसँग सम्वन्ध र को सँग दुरी तय गर्नलाई खुट्याउन सिकाउछ। जस्तो पार्टीको ट्रेड युनियन ब्रान्चले के गर्ने, संसद फाँटले के गर्ने, वा किसान संगठनले के गर्ने भन्ने अनेकन मुद्धामा संघर्षको युक्ति सिकाउछ। क्रान्तिकारी रणनीतिले सवै युक्तिहरुको गठजोड मिलाएर समष्टिमा रणनीति तय गर्छ। यही रणनीतिमाथि टेकेर गरिने क्रान्तिले श्रमजीवी शक्तिलाई विजयी तुल्याउछ।

युक्तिहरुको गठजोड र क्षमता मापन गरेर बनाइएको रणनीति मार्फत नै लेनिनले मार्क्सवादलाई विज्ञानवाट कलामा उतारेका थिए। मार्क्सवाद विज्ञानमा आधारित भएता पनि उपयुक्त क्रियाकलापका लागि निर्देशित गर्ने विज्ञानमा रुपान्तरण गर्न आवश्यक थियो। र त्यसका लागि कला आवश्यक हुन्थ्यो।

वास्तवमा विज्ञानले अस्तित्वमा रहेको पदार्थलाई मात्र स्विकार्छ तर कलाले कसरी ठोस रुपमा कार्यन्वयन गर्ने भन्ने पाठ पढाउँछ। लेनिनको योगदान भनेको मार्क्सवादलाई कलाको रुपमा विकास गर्नुलाई मान्न सकिन्छ। लेखक तथा इतिहाँसकार टोनी क्लिफ लेख्छन्, “मार्क्सले पहिलो अन्तर्राष्ट्रियमा भाग नलिई मृत्यूवरण गरेको भए पनि यतिवेला पनि मार्क्सलाई सम्झिइन्थ्यो।

यदि लेनिनले वोल्सेभिक पार्टी नबनाएको भए र १९०५ र १९१७ मा क्रान्ति नगरेको भए तथा तेश्रो अन्तर्राष्ट्रिय नबनाएको भए लेनिनलाई सम्झन पर्ने कारण बाँकी रहन्थेनन्। वास्तवमा सिध्दान्तलाई व्यवहारमा उतार्ने र विज्ञानलाई कलामा उतार्ने कामका कारण मार्क्स सँगसँगै लेनिनको नाम पुरक ९अयmउझिभलतबचथ० कै रुपमा आउने गर्छ ९ऋषिास द्दण्ण्द्ध०।

राष्ट्रिय राज्य तथा राज्य र क्रान्तिको प्रश्न

आन्तरिक अन्तरविरोध खासगरी पूँजीवादी एकाधिकारवाद विद्रोहको एकमात्र कारण हुन्थ्यो भने आपसी अन्तरविरोधकै कारण विभाजनमा गएर पूँजीवाद ध्वस्त हुन्थ्यो। यद्यपि यो थ्यौरीलाई अझ सन् २०१३ मा रोजा लक्जेमवर्गको खोज तथा अनुसन्धानमा आधारित ‘दि एकुमुलेशन अफ क्यापिटल’ पुस्तक बहसमा आयो।

यो पुस्तकले संसारमा अर्थतन्त्रमा पूँजीको सञ्चिति गरिन्छ वा हुन्छ र विश्वव्यापी रुपमा कसरी पूँजीवादीकरणका लागि विस्तार हुन्छ भन्ने विषयमा विषद ब्याख्या पस्किएको छ। संसारभर वर्गीय शोषण तथा उत्पीडन हुन्छ र क्रान्तिकारी सर्वहारा वर्गको तादात बढ्छ र पूँजीवाद भित्र अन्तरविरोध बढेर त्यो शक्ति विभाजित हुन्छ भन्ने तथ्य यस्ले छर्लङ्ग्याएको छ।

तर लेनिन भने पूँजीवादमा विभाजन होइन पूँजीवादको समग्रमा अन्त्यको पक्षपाती बन्न पुगे। किनकी पूँजीवादलाई विश्वव्यापी रुपमा जोड्ने आजको जस्तो संगठित रुप ९जस्तो जि–७, जि–२० वा नाटो आदि० नभए पनि धेरैवटा धागोका गुच्छाहरु उपलब्ध थिए।

सन् १९१४ मा लेनिनको जीवनमा सवैभन्दा ठूलो पिडादायी क्षण देखा पर्‍यो जुन दिन जर्मन सोसियल डेमोक्रेटिक पार्टीले पहिलो विश्वयुद्धमा जर्मन संसद राइखस्ट्यागमा जर्मन साम्राज्यको पक्षमा युद्ध गर्नका लागि आफ्नो समर्थन रहेको भनेर भोट खसाल्यो। उक्त पार्टी युरोपमै सवैभन्दा ठूलो मजदुरहरुको भ्यानगार्ड पार्टी मानिन्थ्यो।

उस्ले पटक–पटक युद्धको विरोधमा भोट गर्ने प्रतिबध्दता जनाएको थियो। उनीहरुले युद्धको पक्षमा भोट नखसालेका भए विश्वको समाजवादी आन्दोलनको स्वरुप नै भिन्न रुपमा विस्तार हुने संभावना त्यसवेलाको युरोपमा आकलन गरिएको थियो।

यो झड्काले लेनिनलाई ‘राज्य के हो’ रु भन्ने प्रश्नमा उल्झाइ दियो र त्यसलाई भित्र देखि नै बुझ्न प्रेरणा जगाइ दियो।तपाईं हामीलाई पनि लाग्छ अहिले पनि, ‘राज्य एउटा स्वतन्त्र निश्पक्ष संस्थाका रुपमा खडा हुनु पर्छ।’ सर्वसाधारण सवैको हक र हितमा ९अयmmयल नययम बलम अयmmयल ष्लतभचभकत० राज्य उभिनु पर्छ।

के राज्य निश्पक्ष हुन्छ त रु यस सम्वन्धमा मार्क्स, एंगेल्स र लेनिनका तर्कमा कुनै विवाद देखिँदैन। राज्यविहिनताको अवस्थामा बाहेक अरु उत्पादन पद्धतिमा राज्य न्युट्रल रहँदैन। उनीहरुको निचोड देखिन्छ। त्यसैले पूँजीवादी विश्वमा त झन राज्य सर्वसाधारणको हितमा ९अयmmयल नययम० उभिँदैन। किनभने वर्गीय समाजमा वर्ग नै पिच्छे सामाजिक पक्षधरता एक अर्का विरुद्ध देखा पर्छन्।

अर्थात् उत्पादनका साधनमाथिको स्वामित्व जस्को हातमा हुन्छ र धन आर्जन उसैले गरिरहेको हुन्छ। उ आफुमा निहित स्वामित्व छोड्न उ लाग्दैन बरु सुरक्षा गर्ने उपाय खोज्न तर्फ लाग्छ। शोषित हुने र शोषण गर्ने बीच मतभेद तीव्र बन्छ, बन्न सक्छ। तर गृह युद्ध हुनेगरी वा आपसमा भिड्ने गरी मतभेद बढ्न नदिन एउटा स्पेसल अथरिटी खडा गरिएको हुन्छ जस्लाई ‘राज्य’ भनिन्छ।

लेनिनको विचारमा त्यो स्पेसल अथरिटीले कुनै पनि वर्गसँग सामेल नभएको तर राज्य प्रति लोयल हुने सैन्यशक्ति संस्थागत रुपमा खडा गर्छ। तर राज्य आफैँ भने वर्गीय हुन्छ। पूँजीपति र धनाढ्य वर्गको पक्षधर वा माथि उल्लेख गरिएझैँ उत्पादनका साधनहरुमाथि कब्जा जमाएर बसेको शक्तिको पहरेदारको रुपमा राज्य खडा हुन्छ।

त्यसैले राज्यले मौका पर्दा वा त्यो वर्गको हितार्थ सैन्य शक्तिको उपयोग गर्छ। यो अनौठो हुँदै होइन। ऐतिहासिक तवरमै राज्य सञ्चालन गर्न चाहिने खर्च सेना पाल्न होस् या पुरेत वा शासकहरु पाल्न, कर उठाउन राज्यले धनाढ्य पूँजीवादीहरुकै पक्षपोषण गर्छ। किनकि उ त्यही वर्गको प्रतिनिधि पात्र हो।

परिभाषित कुरा के हो भने राज्य एउटा वर्गले अर्को वर्गलाई दवाउने साधन नै हो र हुने गर्छ। लेनिनले गरेको अन्तिम तर्क के छ भने, समाजवादीहरुले राज्यमाथि जीत हासिल गरेपछि उनीहरुले पनि वर्गीय पक्षधरता अनुरुप मजदुर र किसानकै अर्थात श्रमजीवि वर्गकै मुक्तिका खातिर राज्यलाइ उपयोग गर्ने गर्छन् अलि बेगल ढंगले।

किन यस्तो हुन्छ भने राज्यको नाममा शासन सत्ता चलाउने एउटा स्पेसल बडी हुन्छ र सम्पूर्ण जनताका नाममा उस्ले शक्ति ९कतबतभ’क अयभचअष्खभ उयधभच० खर्चिन्छ उस्तै गरी। त्यो सम्पूर्ण समाजका नाममा एउटा सानो समूहले सुरक्षा दस्ताको बलमा शासन गर्छ। त्यसरी उभिएको राज्यलाई परास्त गर्न गाह्रो छ।

त्यसैले आम रुपमा जनतालाई त्यसका विरुद्ध खडा गर्न संगठित, अनुशासित तथा विचारधारा प्रति प्रतिबद्ध शक्ति निर्माण गर्न आवश्यक हुन्छ।

राज्य र क्रान्तिमा लेनिनको अन्तिम तर्क नै पूँजीवादीहरुको संगठित राजकीय शक्तिलाई परास्त गर्न स्वस्फूर्त आन्दोलन वा विद्रोहले मात्र संभव हुँदैन संगठित पार्टी चाहिन्छ भन्ने उल्लेख छ। वास्तवमा संसारमा भएका पछिल्ला क्रान्ति र विद्रोह खासगरी अरब मुलुकमा सन् २०११ मा भएका विद्रोह पछिको असफलताले लेनिन ठिक ठाउँमा उभिएका थिए भनेर प्रमाणित हुन्छ।

लेनिनले उठाएको विशेष प्रतिनिधित्वले ९कउभअष्ब िदयमष्भक या उभयउभि० वास्तवमा गंभीर प्रश्न खडा गर्छ।

पहिलो त के यस्ले आम रुपमा श्रमजीवि वर्गको प्रतिनिधित्व गर्न सक्छ रु श्रमजीवि वर्गले क्रान्ति गरे अनि र पावर एक्सरसाइज गर्ने समय र अवसर पाएभने कसरी त्यो स्पेसल बडिले राज्यको काम गर्लारु के श्रमजीवी वर्गले आफ्नो क्रान्तिकारीतालाई त्यसपछि तिलाञ्जलि दिनु पर्ने हुन्छरु लेनिनको तर्क छ, यदि वास्तविक रुपमा शक्ति श्रमजीवि वर्गको हातम प्राप्त भयो भने उनीहरुले राज्यलाई ध्वस्त ९कmबकज० गर्नुपर्छ ९ीभलष्लसज्ञढढढ०। लेनिनको यो भनाइ नाटकीय र अविश्वसनीय लाग्छ।

त्यस्तो राज्यविहिन समाज निर्माण हुन धेरै ठूलो समय र सैद्धान्तिक वैचारिक तथा चारित्रिक हिसावले स्वस्थ समाज निर्माण हुन आवश्यक हुन्छ।

समाजवादी क्रान्ति

हामी सवैलाई थाहा भएकै कुरा हो फेव्रुअरी १९१७ मा जारशाही फालियो। त्यसका ठाउमा एउटा अस्थायी सरकार ९उचयखष्कष्यलब िनयखभचलmभलत० बन्यो। उक्त सरकारले पश्चिमा मुलुकहरुमा जस्तो उदार प्रजातान्त्रिक व्यवस्था स्थापित गर्ने वाचा गर्‍यो।

तर त्यही समयमा रुसको औद्योगिक सहरहरुमा वर्कर्स काउन्सिलहरु ९क्यखष्भतक० जो लोकतान्त्रिक पद्धति बमोजिम निर्वाचित भएर शक्तिशाली बन्न पुगेका थिए। प्रवाशवाट स्वदेश फर्किएपछि लेनिनले अस्थायी सरकारलाई समर्थन दिएनन्। अपितु उन्ले अनिर्वाचित अस्थायी सरकारले राज्य चलाउने होइन निर्वाचित सोभियतहरुलाई राज्य चलाउन दिइनु पर्छ ९बिि उयधभच तय तजभ कयखष्भतक० भन्ने माग गरे। वास्तवमा लेनिनको प्रस्तावना उदारवादी बुर्जुवा क्रान्तिलाई समाजवादी क्रान्तिमा रुपान्तरण गर्नु थियो।

लेनिनको उक्त प्रस्तावमाथि पार्टी भित्र र सोभियतहरुमा धेरै लामो छलफल र बहस गराए। उन्को प्रस्ताव स्वीकार हुँदै गयो। र अन्तत बुर्जुवा क्रान्ति सम्पन्न भएको ८ महिना पछि अक्टुवर क्रान्ति ९इअतयदभच च्भखयगितष्यल० सम्पन्न भयो। तर यो युरोपेली महादेशको समाजवादी क्रान्ति नभएर रुसी क्रान्ति बन्न पुगेको थियो।

वास्तवमा सन् १९१४ मा भएको समाजवादी शीविरभित्रको ९दोश्रो अन्तर्राष्ट्रिय० खासगरी जर्मन सोसलिष्टहरुले गरेको धोखाघडीले ९लयतयचष्यगक दभतचबथब०ि का कारण एक देशमा क्रान्ति सम्पन्न गर्नुपर्ने परिस्थिति बन्यो। वास्तवमा लेनिनले सन् १९१७ को अप्रिल थेसिस मार्फत राज्यको रुपान्तरणका लागि हस्तक्षेप नगरेको भए सुधारवादी अन्तत दक्षिणपन्थी सुधारवादमा रुसको फेव्रुअरी क्रान्ति पनि टुंगिन्थ्यो र संसारभर त्यस्तै जात्रा आज दोहोरिए जस्तो दोहोरि रहन्थ्यो।

क्रान्तिको लगत्तैपछि सत्ता सोभियतहरुले नै सञ्चालन गरे। यद्यपि आफ्ना लागि आफैँ सरकार चलाउन श्रमजीवीसँग अनुभव थिएन। उनीहरुले सिक्नै पर्थ्यो। अनुभवजन्य कठिनाइहरु खडा हुन्थे र ती आए। कतिपय पुरानो कुराको सिको ९भिबचलष्लन० गर्दै दोहोरिए।

प्रतिकृयावादीहरु अनुभवजन्य त्रुटि विरुद्ध नारा लगाउदै प्रतिक्रान्तिमा उभिए। वास्तवमा सत्ताको आशनवाट ढलेका तानाशाह र तिनका अनुयायीहरु घाइते बाघ झैं झन खतरनाक भएर निस्कन्छन् भन्ने कुरा केही दिन मै पुष्टि हुन पुग्यो ९एबिखकष्अस द्दण्द्दद्ध०। रेड गार्ड बिरुद्ध ह्वाइट गार्ड, सोभियत राज्य विरुद्ध युरोप तथा अमेरिकी सेना जाइ नै लागे।

यस्ले सन् १९१७ मा प्रकासित भएको राज्य र क्रान्तिमा उल्लेख गरिएका मान्यता भन्दा सोभियत संघ लेनिनकै पालामा पनि अलग ढंगले पनि शासन व्यवस्थित गर्नु पर्ने अवस्था आयो। जस्तो वार कम्युनिजम, नयाँ आर्थिक नीति, र कतिपय अवस्थामा क्रान्तिका उपलब्धीलाई जोगाउने नाममा जनबोली र बहस माथि प्रतिबन्ध आदिका घटना दोहोरिए।

सोभियत क्रान्ति पछि देखि आजका मिति सम्म संसारभरका बुर्जुवाहरु लेनिनलाई राजनैतिक तथा वैचारिक रुपमा बर्खास्त गर्न लागी परे, र लागी परिरहेका छन्।

वास्तवमा मार्क्सवादलाई विश्वव्यापी रुपमा स्थापित गर्न र उदारवादको विकल्पको रुपमा मार्क्सवादको जग बसाल्न र मजदुर र किसान जस्तो श्रमजीविले पनि स्वराज कायम गर्न सक्छन् भनेर मार्क्सवादको विकास गर्ने काममा सवैभन्दा अग्रणी भूमिका निर्वाह गरेकाले नै लेनिनमाथि यो आक्रमण भएको हो बुझ्न सकिन्छ। पछिल्ला दिनहरुमा मार्क्सवादी–लेनिनवाद तथा कम्युनिष्ट पार्टी भनेर नामलाई ब्राण्ड बनाउनेहरुले पनि लेनिनको हुर्मत लिने काम गरिरहेको देखिन्छ।

वर्तमान समयमा लेनिनवादको सान्दर्भिकतालाई कसरी बुझ्ने रु

यस सन्दर्भमा तमास क्राउजले आफ्नो पुस्तक रिकन्सट्रक्टिङ लेनिनमा केही बुँदा अघि सारेका छन। तिनलाई परिमार्जन गर्दै केही बुँदा मैले पनि अघि सार्ने धृष्टता गरेको छु ९प्चबगकशस द्दण्ज्ञछ०। लेनिनले अघि सारेका प्रस्तावनाहरुको मूल सार ९उचष्mभ भककभलअभ० निम्नानुसार रहेका छन।

१। परिवर्तन तलबाट आउनुपर्छस् परिवर्तन तलबाट आउनु पर्छ भन्ने हो। लेनिनले क्रान्तिकारी आन्दोलन बनाउन धेरैखाले मौका–परस्त ९यउउयचतगलष्कm० शक्ति र व्यक्तिहरु जो बुर्जुवा संसदवादबाट ओर्लन्छन् विरुद्ध आवाज उठाई रहे। अहिले नेपालकै सन्दर्भमा पनि देखिरहेकाछौँ समाजवाद माथिबाट अर्थात् संसदबाट ओर्लने कुनै छाँटकाट नै देखिन्न। संसद यदि आम जनता प्रति उत्तरदायी बनाउन सकिएन भने मौकापरस्तहरुको झुण्डले संसदलाई पंगु बनाउछ भन्ने लेनिनको घोषणा आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ।

२। विधि चाहिन्छस् विधि चाहिन्छ भन्ने लेनिनको प्रस्ताव आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ। लेनिनले दर्शनकोबारेमा थोरै लेखेका छन् तर जति लेखेका छन् त्यसको सान्दर्भिकता क्रान्तिकारी सिद्धान्तमा मात्र होइन क्रान्तिकारी क्रियाकलापमा पनि देखिने गरेकोछ।

लेनिनले हरेक कुरा आम मानिसको जीवनपद्धति तथा व्यवहारमा लागु हुने विधिको निर्माण गरे। लेनिनको लेखाइमा दुईवटा तर्कले भित्रै देखि स्थान पाएको देखिन्छ। पहिलो एकीकृत रुपमा विकासको ऐतिहासिकता र आजको विकाससँगको अन्तरसम्वन्ध।

दोश्रो, इतिहास जोडिएर आउने प्रकृया होइन जस्लाई साधरण सुधारले समाजलाइ जोडोस्। यस्को अर्थ एउटा विकासको चक्र फेरि त्यही रुपमा दोहोरिँदैन जो सुधारवादीहरु चाहना राख्छन्। त्यसैले परिवर्तन अपरिहार्य बन्छ। वास्तवमा हेगलले प्रतिपादन गरेको टोटालिटीको थेसिसलाई लेनिनले आत्मसात गरेको देखिन्छ। नेपालको सन्दर्भमा जसरी सत्ताधारीहरु उही संरचनामा सुधार खोजीरहेछन् त्यो असंभव छ भन्ने कुरा लेनिनले सय वर्ष अघि नै बताएका थिए।

३। मानिसले इतिहास निर्माण गर्छस् लेनिन मार्क्सले जस्तै ‘व्यवहारलाई’ केन्द्रमा राख्थे। “कस्ले के भन्छ होइन कस्ले के गर्छ” त्यो महत्वपूर्ण हुन्छ। मान्छेले जे सोच्छ त्यो गर्छ कि गर्दैन बाहिरवाट बिचार गरिने र विश्वास बनाउने आधार तय हुन्छ।

पूँजीवादले वर्ग निर्माण गर्छ र समाजमा तह ९जष्भचबचअजथ० खडा गर्छ। जाहाँसम्म मुक्तिको कुरा छ वर्गीय समाजले आफ्नो वर्गको मुक्ति खोज्छ त्यही अनुसार विश्वव्यापीरुपमा वर्गहरु बीच समन्वय र भातृत्व प्रेमको कुरा हुन्छ। त्यसैले यस्तो नहोस् भन्ना खातिर वर्गीय लडाइँ लड्नेहरुले क्रान्तिकारी विचारले ओतप्रोत पार्टी निर्माण गर्नु पर्ने हुन्छ। जो जुझारु होस् र आफ्नो सिद्धान्त र संगठन प्रति प्रतिबद्ध होस्। त्यस्तो पार्टीले मात्र क्रान्ति सम्पन्न गर्न सक्छ।

४। साम्राज्यवादले कुनै पनि देशको राजनैतिक प्रणालीमा हस्तक्षेप गर्न सक्छस् लेनिनको बुझाइको आधुनिक पूँजीवाद कही न कही साम्राज्यवादको चंगुलमा जकडिएको हुन्छ। त्यो चंगुलवाट मुक्त हुन क्रान्तिकारी रणनीति अख्तियार गर्नुपर्ने हुन्छ।

साम्राज्यवादीहरु बीचको अन्तरविरोध तथा उनीहरुको द्वन्दभित्रै आमूल परिवर्तनको संभावना खोज्न सकिन्छ। त्यसैले साम्राज्यवादीहरुको अन्तरविरोधमा कुनै एक शक्तिको पक्षधरता खोज्ने होइन। आफ्नै असंलग्नता भित्र परिवर्तन खोजिनु पर्ने हुन्छ।

नेपालको सन्दर्भमा अहिले सुरु भएको शीत युद्ध र विश्व विकास परियोजनालाई हेर्न सकिन्छ। कार्ल लिवनेकका शब्दलाई विचार गर्ने हो भने ‘मुख्य शत्रु घरमै भेटिन्छ’। राष्ट्रवादको गफ दिएर साम्राज्यवादको तलुवा चाट्नेहरु तेश्रो विश्वमा प्रसस्तै भेटिन्छन् यस अर्थमा वर्ग संघर्षका लागि विश्वव्यापी ऐक्यवद्धता आवश्यक हुन्छ।

५। क्रान्तिका लागि संगठित हुन आवश्यक छस् क्रान्ति आफ से आफ ९कउयलतभतष्यगकथि० सम्पन्न हुँदैन, क्रान्तिलाई संगठित गर्न जरुरी हुन्छ। सुधारले परिवर्तनलाई पर धकेल्छ तर कालान्तरमा असाध्य संकट निम्तिन्छ। नेपालकै सन्दर्भमा हेर्ने हो भने सन् १९८५, १९९२ का सुधारले नेपाललाई गहिरो संकटमा धकेलेकोछ।

‘के गर्ने रु’ ले देखाएको बाटो आज पनि सान्दर्भिक देखिन्छ। वास्तवमा आम मान्छेको चेतना आफसे आफ जाग्दैन एउटा क्रान्तिकारी पार्टीले मात्र जगाउन सक्छ। कुनै पनि “क्रान्तिकारी आन्दोलन क्रान्तिकारी दर्शन वा विचारधाराको अभावमा संभव हुँदैन” त्यसकालागि क्रान्तिकारी संगठन अपरिहार्य वाहक हुन्छ, भन्ने लेनिनको बुझाइ आज पनि नेपालको सन्दर्भमा सान्दर्भिक देखिन्छ।

६। क्रान्ति अन्तर्राष्ट्रिय हुन्छस् रुसको क्रान्ति दवाउन १४ वटा पूँजीवादी मुलुकहरुले रुसमा हस्तक्षेप गरे। बुर्जुवाहरुले समकालीन संसदीय व्यवस्था निरुपण गर्ने नाममा तिनै साम्राज्यवादीहरुसँग सहकार्य गर्न पुगे। लेनिनको विचारमा यो बुर्जुवा शक्तिहरु बीचको गठजोड थियो जो रुसी समाजवादी क्रान्तिको चिहान खन्न ऐक्यबद्धता खोजी रहेका थिए।

लेनिन र उन्को बोल्सेभिक पार्टी उक्त समयमा संसारका मजदुरहरुको साथ खोजी रहेको थिए। अहिलेको संसार साम्राज्यवादी र क्षेत्रीय हैकमवादी शक्तिहरुवाट मुक्ति चाहन्छ। त्यसकालागि पनि ऐक्यवद्धता आवश्यक हुन्छ जस्लाई कथित वामपन्थीहरुले मतलव राखेको देखिन्न।

वास्तवमा लेनिनको राज्य र क्रान्ति पुस्तिका काल्पनिकता वा बोल्सेभिकहरुको पार्टी लाइन थिएन। तात्कालीन समयको विश्वका राज्यहरुको चरित्र चित्रण थियो।

राज्य सञ्चालन तलको निर्वाचित निकायले गर्न सक्छ भन्ने विश्वासले करोडौँ रसियनहरुलाई मूलधारको राजनीतिमा ओराल्यो। मजदुर र किसानले भरिएको सोभियत। आजको हाम्रो संघीयता र संसदहरु त्यही विचारको विस्तारित रुप हुन्। तर तिनको प्रशिक्षण अत्यन्त कमजोर छ र व्यापक सहभागिताको माग खुम्चदो छ। त्यसका लागि फेरि पनि बुझ्न चाहनेका लागि लेनिनको राज्य र क्रान्ति सम्वन्धी पुस्तिकाको अध्ययन अपरिहार्य छ।

लेनिनका कमजोरी के रहे ?

क्रान्तिलाई जोगाउने नाममा लेनिनको नेतृत्वमा रहेको वोल्सेभिक पार्टीले पार्टीहरु माथि प्रतिवन्ध लगाउनु गल्ति थियो। यसले वोल्सेभिकहरुलाई आफ्नो गल्ति औँल्याउने र सच्याउने मौका मिलेन। लेनिनले सोचे अनुसार श्रमजीवि किसान र मजदुरको स्वस्फूर्त संगठनले राज्यको बहसमा भागलिन पाएनन्। जनताको नाममा सीमित व्यक्ति समेटिएको सानो गुट तथा व्युरोक्रेसी हावी हुँदै गयो।

गोली लागेर घाइते भएका लेनिनले श्रमिकहरुको राज्य उन्ले सोचे र व्याख्या गरेभन्दा फरक ढंगले अघि बढेको थाहा नपाएका होइनन् तर उन्ले त्यसलाई रोक्न सक्ने परिस्थिति निर्माण हुनै सकेन। किनकी त्यो समयमा रुस नितान्त एक्लाइएको थियो।

आर्थिक रुपमा कम्जोर र जरजर थियो। श्रमशक्तिको क्षमता ९वौद्धिक० र उत्पादकत्व तुलनात्मक रुपमा कमजोर थियो। मुक्तिलाई सही निर्देशन गर्ने अवसरमा लेनिनको मृत्यु हुन पुग्यो र परिवर्तनलाई उन्का उत्तराधिकारीले भने जस्तो गरी आत्मसात गरेनन्।

क्रान्तिको परिभाषा

लेनिनको शब्दमा क्रान्तिको सुरुवात हुन केही नया वातावरण चाहिन्छ। त्यो वातावरणका पनि खुड्किला हुन्छन। पहिलो, शासक वर्गकालागि शासनलाई निरन्तरता दिन असंभव जस्तो लागोस। वास्तवमा शासक वर्गमाथि तलको श्रमजीवि वर्गको विश्वास उठ्दै गर्दा यस्तो अवस्था देखा पर्छ।

किनभने शासक वर्ग जनताको पक्षमा कामगर्न नसकेको आफ्नो कमजोरी महसुुस गर्न नै चाहन्न। जस्तो नेपालमा अहिले कथित वामपन्थी शासकहरु जनतावाट कटिएर शासनमा पुग्दै गर्दा पनि कम्जोरी महसुस गरिहेका देखिन्नन। ‘क्रान्ति’ सरकार परिवर्तनमात्र होइन समुलमा आर्थिक तथा सामाजिक रुपान्तरण हुनु हो र जनताले त्यसलाइ अनुभूत गर्न सकुन।

हामी सबैले यो बीचमा अनेकन विद्रोहहरुलाई भोग्यौँ, र सामेल भयौँ। नेपाल देखि अफ्रिका सम्म यो क्रम चल्यो। तर नवउदारवादी राज्यले सवैखाले विद्रोहलाई क्रान्तिकारी संरचनागत परिवर्तन हुनवाट रोक्यो। वित्तिय भूमण्डलीकरणकालागि उक्त राज्यले मार्ग प्रसस्त गरिरह्यो र क्रान्तिकारी दस्तालाई समेत त्यस्तो भूमण्डलीकरणको एजेन्ट हुन प्रेरित गरिरह्यो।

तर वर्तमान समयमा वित्तिय भूमण्डलीकरण असफल हुन पुगेकोछ। र विश्वव्यापी रुपमा विद्रोहको ज्वाला विश्फोट हुन लागेको देखिन्छ। अर्थात लेनिनले भने जस्तो एउटा मुलुकको शासकले धान्न नसक्ने गरी पूँजीवादी दुनिया बिघटनको संघारमा उभिएको प्रतित हुन्छ। यतिवेला लेनिनलाई सुन्न र बुझ्न जरुरी छ र सन् १९१४ दोहोरिन नदिन पहल लिन आवश्यक छ। त्यसका लागि क्रान्तिकारी दर्शन र विचारमा आधारित आमुल परिवर्तन चाहने शक्ति शाली संगठन आवश्यक पर्छ।

क्रान्तिकालागि नेतृत्वको अहं भूमिका हुन्छ। तर सिद्धान्तमा आधारित रणनीति नहुँदा न त जुझारु संगठन निर्माण हुन सक्तैन। क्रान्ति गर्न क्रान्तिकारी नीति र क्रान्तिकारी पार्टी चाहिन्छ। लेनिनको संगठानात्मक सिद्धान्त विशिष्ट हिसावले संरचनागत छ। तर संरचनागत अवस्था मात्र क्रान्तिकालागि प्रयाप्त वातावरण हुन सक्दैन।

त्यो वातावरण बन्न हिजो आज सरकार र प्रतिपक्ष बीच, सुधार र क्रान्ति बीचको फरक छुट्याउन सक्ने गरी प्रतिपक्षको हकमा बहस आवश्यक देखिन्छ। यो नेपालको हकमा मात्र होइन दक्षिण एशीयालगाएत संसार भरी नै राजनीतिक बहस अप्रयाप्त छ।

कस्को नेतृत्वमा क्रान्ति हुन्छ रु यो व्यक्तिगत कुरा होइन। लेनिनको विचारमा श्रमजीवि वर्गले नै क्रान्तिको अगुवाई गर्ने हो तर राज्यलाई सीमित व्यक्ति वा घेराबन्दीमा पार्ने गरि होइन। यी यावत प्रश्नहरुको उत्तर लेनिनका प्रस्तावनाहरुसँग जोडिएर आउछन जस्लाई हामीले लेनिनवाद भन्ने गरेका छौँ। क्रान्ति गर्ने या खोज्ने काम रहुन्जेल लेनिनवादको औचित्य सँधै बाँकी रहनेछ।

(नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजको सहकार्यमा आइतबार काठमाडौँमा आयोजित ‘नेपाली समाजका सन्दर्भमा लेनिनवाद’ विषयक अन्तर्क्रियामा राजनीतिक विश्लेषक रोकाद्वारा प्रस्तुत कार्यपत्र।)

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung