१७ कार्तिक २०८३, सोमबार

 

आर्थिक मन्दीको बेला सबैसँगको सहकार्यमा सञ्चार माध्यम जोगाउन र पत्रकारलाई टिकाउन सकिन्छ : शर्मा

बागलुङ । प्रेस सेन्टर नेपाल बागलुङले २१ औँ स्थापना दिवश विचार गोष्ठी गरेर मंगलबार मनाएको छ । पत्रकारितामा पलायन, आर्कषण र अनुशासन विषयक विचार गोष्ठीमा अन्तरक्रिया गरेर दिवश मनाएको हो ।

कार्यक्रम प्रेस सेन्टर नेपाल बागलुङका संस्थापक अध्यक्ष बद्री प्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको हो ।

संस्थापक अध्यक्ष शर्माले ‘आर्थिक मन्दीको बेला सबैसँगको सहकार्य गरेर मात्र सञ्चार माध्यम जोगाउन सकिने र पत्रकारलाई यही पेशामा टिकाउन सकिने बताउनुभयो । पत्रकारिता सामाजिक सञ्जालको अतिक्रमण पर्न लागेकोले यसलाई सञ्जालको अराजकताबाट बचाउनु पर्ने ‘ उहाँको भनाई थियो ।

‘पत्रकारिताको बदलिदो स्वरुपलाई विचार गरेर पत्रकारले आफनो पेशालाई सबल बनाउन थप मेहनत गर्नु पर्ने नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले बताउनुभयो । सूचना र प्रविधिमा आएको परिर्वतनसँगै डिजिटल मिडियालाई आत्मसाथ गर्दै लाभ लिन सके पत्रकारको आर्थिक जिवन सबल बनाउन सकिने ‘ बताउनुभयो ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मुकेश चन्द्र राजभण्डारीले ‘बैदेशिक रोजगारीमा देखेको जस्तो सपना नेपाल भित्र पनि देख्न सक्ने अवस्था सृजना गर्न र सञ्चार माध्यममा कार्यरत सबै जनशक्तिहरुलाई बचाउन सबैसँग सहकार्य गर्नुं पर्ने ‘ बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपाल बागलुङका इन्चार्ज तारानाथ आचार्य, प्रगतिशिल पत्रकार संघका सल्लाहकार किरण आचार्य, प्रेस सेन्टरकी बागलुङ ईन्चाज कोपिला कँडेल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अधिवरल’, नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगरले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम प्रेस सेन्टर बागलुङकी अध्यक्ष सरिता खत्रीको अध्यक्षता, उपाध्यक्ष अनिष खातीको स्वागत र सचिव विनोद प्रतिकको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung