१७ कार्तिक २०८३, सोमबार

 

पूर्वशिक्षक गंगा देवी कसजु सम्मानित

बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयको ८४औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको उपलक्ष्यमा शुक्रबार शिक्षासेवी र समाजसेवी व्यक्तित्वलाई सम्मान गरिएको छ ।

कार्यक्रममा पूर्वशिक्षक गंगा देवी कसजु र समाजसेवी देवबहादुर श्रेष्ठलाई कदरपत्रद्वारा सम्मान गरिएको हो ।

शिक्षाको क्षेत्रबाट समाजमा प्रत्यक्ष परोक्ष रुपमा पुर्याएको योगदानको कदर स्वरुप कसजुलाई सम्मान गरिएको हो।

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले पूर्वशिक्षक गंगा देवी कसजु र समाजसेवी देवबहादुर श्रेष्ठलाई दोसल्ला र कदरपत्रले सम्मान गर्नु भएको हो ।

स्वास्थ्य मन्त्री पाठकले कसजुले शिक्षा क्षेत्रमा पुर्याउनु भएको योगदान अतुलनीय भएको बताउनुभयो।

सम्मानित कसजुले विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नु भयो ।

कसजुले साविक विद्यामन्दिर बहुउद्देश्यीय विद्यालय हाल विद्यामन्दिर माविको माध्यमिक तह गृह विज्ञान विषय विसं २०२३ सालदेखि विसं २०३२ सालसम्म नौ वर्ष पढाउनु भएको थियो ।

उहाँले विसं २०२५ सालदेखि २०२६ सालसम्म विद्यामन्दिर पुस्तकालयको अध्यक्ष भएर सेवा गर्नु भएको थियो ।

कसजुले पाल्पामा तानसेन बजारमा रहेको मोहन कन्या माविमा विसं २०३२ सालेदेखि २०४६ सालसम्म र विसं २०४६ सालदेखि २०५४ सालसम्म त्रिभुवन बहुमुखी क्याम्पसमा अध्यापन गराउनुभयो ।

विसं २००५ सालमा आमा रत्न देवी र बुबा तेजबहादुर राजभण्डारीको कान्छि छोरीको रुपमा बागलुङ नगरपालिका-३ राधाकृष्ण टोलमा जन्मिएक कसजुले विसं २०२१ सालमा पाल्पाबाट एसएलसी दिएकी थिइन् ।

उहाँले विसं २०२३ सालमा सानो ठिमीबाट गृह विज्ञान विषयमा डिप्लोमा र विसं २०२८ सालमा भारतको दिल्लीबाट एडभान्स कोर्स गरेकी थिइन् । युनिसेफले कसजुलाई एडभान्स कोर्सको लागि दिल्ली पठाएको थियो ।

कसजुको १४ वटा बाल पुस्तकहरु प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung