४ श्रावण २०८३, सोमबार

 

आदिवासी जनजाति पत्रकार महासंघ बागलुङको अध्यक्षमा डम्बर बुढा मगर, सचिवमा बलबहादुर रोका मगर

बागलुङ ।सञ्चारमा पहिचान फोनिजको अभियान भन्ने नारासहित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागलुङ शाखाको चौथो अधिवेशन नयाँ नेतृत्व चयन गरेर सम्पन्न भएको छ ।

अधिवेशनले अध्यक्षमा डम्मर बुढा मगर, उपाध्यक्षमा मञ्जुल शाक्य, सचिवमा बलबहादुर रोका मगर, सह–सचिवमा शर्मिला रोका मगर, कोषाध्यक्षमा तिलक घर्ति मगर,भूमा तारामी मगर, राजेन्द्र श्रेष्ठ, शेखर थापा मगर, सुरेश छन्त्याल र शिशिर श्रीष, ज्योति थापा मगर निर्वातित भएका छन् ।
प्रदेश प्रतिनिधिमा पदम छन्त्याल ९प्रकाश० याम बहादुर थापा,छलिता बुढा मगर,केन्द्रिय पार्षदमा राजेशचन्द्र राजभण्डारी र संगम घर्ति मगर सर्वसम्मत रूपमा चयन भएका छन् ।

कार्यक्रममा काँठेखोला गाउँ पालिकाका अध्यक्ष राजु थापाले देश जर्जर अवस्थामा रहेको छ यसलाई सहि ठाउँमा ल्याउन पत्रकारहरूको भूमिका सशक्त हुन जरुरी रहेको धारणा राखेका थिए ।पत्रकारले कलमको माध्यमबाट
राम्रो काम गर्ने लाई प्रोत्साहन दिने नराम्रो गर्नेलाई नंग्याउन जरुरी रहेको अध्यक्ष थापाले बताए । पत्रकारहरूले लेख्ने बेलामा आफूले गरेको कमिकमजोरी भए निर्धक्कसँग लेख्न नडराउन समेत थापाले आग्रह गरेका थिए ।

कार्यक्रममा आदिवासी जनजाति जनजातिका पत्रकार महासंघ (फोनिज) का गण्डकी प्रदेश इन्चार्ज एमवि आस्था, गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीष मगर, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव नारायण रिजाल, प्रगतिशील पत्रकार संघका केन्द्रीय सचिव ताराप्रसाद शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष प्रकाश छन्त्यालको अध्यक्षता, स्वागत बलबहादुर थापाको र सचिव डम्बर बुढा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung