बागलुङ । धौलागिरि समाज नेपालको सातौं साधारण सभा तथा सम्मान कार्यक्रम काठमाडौंमा शनिबार सम्पन्न भएको छ ।
सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पूर्व तिर घुम्न जादा पुर्वाधार धेरै बनिसकेको पाएको तर पर्यटक भने कम देखेको तर गण्डकी प्रदेश तिर भने पर्यटक धेरै पाएको बताउनुभयो ।
यति बेला गाउँगाउँमा विकास पुगेको तर त्यसलाई उपभोग गर्नै व्यक्तिहरू न्युन भएको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आफू व्यवसायमा जिरो पृष्ठभूमिबाट आएको आफूले महासंघको नेतृत्व गर्नु समग्र धौलागिरि क्षेत्रकै लागि गौरव भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी, गुरु देव भानु शर्मा, विश्व हिन्दु महासंघका अध्यक्ष तथा पूर्वमन्त्री डा. रामचन्द्र अधिकारी, प्रदेश सांसद यमुना श्रेष्ठ, शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा, समाजका प्रमुख संरक्षक आनन्द प्रकाश राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख संरक्षक आनन्द प्रकाश राजभण्डारी, संरक्षक तथा गण्डकी सभ्यता बचाउ महाअभियानका अध्यक्ष गोविन्द शर्मा पौडेल, ट्रष्टि एक नारायण उपाध्याय र श्याम राज अधिकारीलाई सम्मान गरिएको थियो ।
धौलागिरि समाजलाई आर्थिक रूपमा मजबुत बनाउन अहिलेसम्म ४५ लाखको अक्षय कोष भएको र निकट भविष्यमा एक करोड पुर्याउने लक्ष्य रहेको नवर्निवाचित अध्यक्ष गोविन्द शर्मा पौडेलले बताउनुभयो ।
साधारण सभामा वार्षिक प्रतिवेदन महासचिव रामचन्द्र पौडेलले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष एक नारायण उपाध्यायले प्रस्तुत गरेका थिए । साधारण सभाले गोविन्द शर्मा पौडेलको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको समाजले जनाएको थियो ।
कार्यक्रम धौलागिरि समाजका अध्यक्ष केदार गौतमको अध्यक्षता, स्वागत गण्डकी सभ्यता बचाउ महाअभियानका अध्यक्ष गोविन्द शर्मा पौडेलको स्वागत र कोषाध्यक्ष एक नारायण उपाध्यायको सञ्चालनमा सम्पन्न भएको ।
























































































































































































































