१५ बैशाख २०८२, सोमबार

 

बागलुङ नगरपालिकाद्वारा प्रमुख जिल्ला अधिकारी सुवेदीको विदाई

बागलुङ । जिल्ला प्रशासन कार्यालय, बागलुङबाट सरुवा भएर जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीलाई विदाई गरिएको छ ।

बागलुङ नगरपालिकाको आयोजनामा गृह मन्त्रालय सरुवा भई जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी सुवेदीलाई शनिबार विदाई गरिएको हो ।

बागलुङमा रहदा जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह र विकास निर्माण कार्यमा गर्नुभएको सहजिकरणका लागि बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले प्रमुख जिल्ला अधिकारी सुवेदीलाई धन्यवाद दिनु भएको थियो ।आफनो बागलुङ बसाईको क्रममा समन्वय र सहयोग गर्नु भएकोमा नगरपालिकालाई सुवेदीले धन्यवाद दिनु भएको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले प्रमुख जिल्ला अधिकारी सुवेदीसँग सहकार्य गरेर धेरै काम सहज भएको बताउनुभयो ।

सुवेदीलाइै गृह मन्त्रालयले दश महिनाअघि बागलुङको प्रमुख जिल्ला अधिकारीमा सरूवा गरेर पठाएको थियो ।

बागलुङमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा कुमान सिंह गुरुङलाई पठाएको छ । गण्डकी प्रदेशका सचिव रहेका गुरुङ गृहमा सरुवा पश्चात बागलुङको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung