१७ कार्तिक २०८३, सोमबार

 

पत्रकार रजकको हत्यारालाई कारबाहीको माग गर्दै पत्रकार महासंघ बागलुङद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बागलुङ । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा र मृतक पत्रकार रजकको हत्याको अनुसन्धान गरी हत्यामा संलग्नहरुलाई फौजदारी अभियोगमा मुद्दा चलाउन माग गर्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानामन्त्रीको ध्यानाकर्षण गराएको छ ।

पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्य नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

पत्र बुझ्दै प्रजिअ गुरुङले पत्रकारहरुको मागलाई तत्काल सम्बन्धित निकायमा पठाउने प्रतिवद्वता व्यक्त गर्दै पत्रकारहरुको सुरक्षाका लागि प्रशासन सचेत रहेको बताउनुभयो ।

राजावादीहरुको आन्दोलनमा पत्रकार रजकको हत्या र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा महासंघ चरणवद्व आन्दोलनमा छ ।

हत्योका विरोध र छानबिन, हत्यारालाई कानुनी कारवाही, पीडित परिवारलाई राज्यले उचित क्षतिपूर्र्ति दिनु पर्ने, अभिव्यक्तिको स्वतन्त्रता, पत्रकार र सञ्चार माध्यमको सुरक्षाको माग गर्दै महासंघ र पत्रकार आन्दोलनमा रहेको नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालले नयाँविश्वलाई जानकारी दिनुभयो ।

गत शुक्रबार काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शनका क्रममा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको थियो ।

रजक दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको विरोध प्रदर्शनको दृश्य खिच्न तीनकुनेमा गएका थिए ।

आन्दोलनकारीहरुले कान्तिपुर टिभीको भवनमा ढुंगामुढा गरेको, अन्नपूर्ण पोष्टको भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पु¥याइएको, हिमालयन टिभीको सवारीसाधनमा तोडफोड गरिएको थियो । रिपोर्टिङका लागि काठमाडौंको तीनकुने क्षेत्र पुगेका अनलाइनखबरका पत्रकार दिनेश गौतममाथि राजावादी प्रदर्शनकारीहरूले कुटपिट गरेका थियो ।

गौतमको खुट्टा भाँचिएको छ भने फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung