बागलुङ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले हरेक वर्ष चैत्राष्टमी मेलाको अवसरमा प्रदान गर्ने कालिका पत्रकारिता पुरस्कार २०८१ बाट मुकेशचन्द्र राजभण्डारी, नारायण रिजाल र खेमराज गौतमलाई प्रदान गरिएको हो।
गुठी व्यवस्थापन समितिले यस वर्षको चैत्राष्टमी मेला तथा धार्मिक सम्मेलनको अवसरमा धार्मिक पर्यटन क्षेत्रको प्रचारप्रसारमा पत्रकारितामार्फत पुर्याएको योगदानको कदर गर्दै तीनजना पत्रकारलाई नगदसहित सम्मान गरेको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए। पुरस्कार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदान गरेका थिए।
रिजाल विगत डेढ दशकदेखि बाग्लुङमा सक्रिय पत्रकारिता गर्दै आएका छन्। नयाँ पत्रिका दैनिकमा सात वर्षदेखि कार्यरत उनी नेपाल पत्रकार महसंघ बाग्लुङका सचिवसमेत हुन्। रिजाललाई पाँच दिनपहिले बाग्लुङ उद्योग वाणिज्य संघले पनि आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गरेको थियो।



















































































































































































































