१७ कार्तिक २०८३, सोमबार

 

गलकोट जिप दुर्घटना : एक जनाको मृत्यु, तीन जना घाइते

बागलुङ । बागलुङको गलकोट जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

गलकोट नगरपालिका–३ खसगाउँमा हटियादेखि कोटमैदानतर्फ जाँदै गरेको ग १ ज ६१०० नम्बरको जिप आज दुर्घटना हुँदा गलकोट नगरपालिका ११ रिघाका २२ वर्षिय विष्णु रानाको मृत्यु भएको हो ।

टाउको र शरीरको विभिन्न भागमा चोट लागेर घाइते हुनुभएका रानाको उपचारको क्रममा गलकोट नगर अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनामा परी गलकोट नगरपालिका–५ सर्दाखेतका २२ वर्षीय चालक राजन विक, गलकोट नगरपालिका–४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार, गलकोट नगरपालिका–३ बोहराफाँटका १९ वर्षीय अशोक बोहरा घाइते हुनुभएको छ ।

घाइते तीन नै जना गलकोट नगर अस्पतालमा उपचार भईरहेको छ ।जिप अनियन्त्रित भई सडकदेखि अन्दाजी १ सय २० मिटर तल खस्न गई दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung