१७ कार्तिक २०८३, सोमबार

 

बागलुङ उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई लायन्स क्लबको बधाई

बागलुङ । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ के नेपाल बागलुङ एरियाले गत चैत १६ गते सम्पन्न बागलुङ उद्योग वाणिज्य संघको १९औँ अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष राजन कुमार शाक्यलगाएत  सदस्यहरु ऋषिराम गौतम, अर्जुनप्रसाद कँडेल, अकिलबहादुर क्षेत्री धुर्व, नविनकुमार श्रेष्ठ, इन्द्रमणी पौडेल अर्जुन, चन्द्रराज रेग्मी, मनिष राजभण्डारी,दिपक हमाल, सुदिप सागर कँडेल, बद्री ढुङ्गाना, श्रीजय श्रेष्ठ, उमेश केसी, राजु गौतम, राम प्रसाद शर्मा, चुडामणी सापकोटा, सविता आचार्य, कमला पराजुली र सृजना राजभण्डारीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ । 

लायन्स क्लबका पूर्वअध्यक्षहरु लगाएत लायन्स क्लबका विभिन्न पदमा रहेका नवनिर्वाचित कार्यसमितिका अध्यक्ष र सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको हो ।

कार्यक्रममा जोन चियर पर्सन प्रेम केसी, रिजन चियर पर्सन नारायण आचार्य, डिष्ट्रिक कोचिप अनुप रिजाल, डिष्ट्रिक कोडिनेटर दुर्गा कुँवर, डिष्ट्रिक कोडिनेटर तथा प्रोग्राम कोडिनेटर पार्वती थापा क्षेत्री र डिष्ट्रिक इन्टरनेशनल रिलेसन चिफ तथा प्रोग्राम चियरपर्सन काजिमान गुरुङले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साथै बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा डिष्ट्रिक डिपार्टमेन कोचिफ राजन कुमार शाक्य र सदस्य बद्री ढुंगानाले सेवा गरौं भन्ने लायन्सको मूल भावनाका साथ सबै सरोकारवालासँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका थिए ।कार्यक्रममा निर्वाचित अध्यक्ष र सदस्यहरुलाई टिका, खादा र सम्मान पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रम लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ के नेपालका डिष्ट्रिक इन्टरनेशनल रिलेसन चिफ तथा प्रोग्राम चियरपर्सन काजिमान गुरुङको अध्यक्षता, डिष्ट्रिक कोडिनेटर तथा प्रोग्राम कोडिनेटर पार्वती थापा क्षेत्रीको स्वागत तथा कलस्टर चिफ केशव सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung