१५ बैशाख २०८२, सोमबार

 

प्रा.डा. सरोज वझाको पुस्तक ‘मनोस्वास्थ्य’ सार्वजनिक

बागलुङ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौंका मानसिक स्वास्थ विभाग प्रमुख प्रा.डा. सरोज प्रसाद वझाको पुस्तक ‘मनोस्वास्थ्य’ सार्वजनिक भएको छ।

शुक्रबार शंकर होटलको सभा कक्षमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, प्रा.डा. सरोज प्रसाद वझा, चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा.मोहन राज शर्मा, मनोचिकित्सक संघका अध्यक्ष प्रा.डा. रवी शाक्य, प्रा.डा. देसराजबहादुर कुँवर, डा. निभा वझा, कलाकार मनोज गजुरेल, प्रकाशक श्रीस भण्डारीलगायतले कृति लोकार्पण गर्नु भयो ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले ‘‘मनोस्वास्थ्य’लाई मानविय, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक दृष्टिकोणबाट लेखिएको सशक्त र आशलाग्दो कृति भन्नुभयो।

‘पुस्तकमा मानसिक स्वास्थ्यको महत्व, त्यसलाई स्वस्थ्य राख्नु पर्ने कारण र मनोसामाजिक समस्याले उत्पन्न गर्ने विभिन्न स्वास्थ्य समस्याहरु र त्यसबाट बच्ने उपायहरुको बारेमा वर्णन गर्नुका साथै आफनो पेशागत जिवनका अनुभव र अभ्यासहरुलाई सामाजिक यथार्थमा ढालेर सुन्दर तरिकाले प्रस्तुत गर्नु भएको छ,’ उहाँले भन्नुभयो ‘मानसिक समस्या भएका पात्रहरूको मनोविज्ञानलाई मिहिन ढंगले पुस्तकमा चित्रण गरिएको छ।’

चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. मोहन राज शर्माले मानिसका चेतन र अचेतन मनका सपना, चाहना, इच्छा, आंकाक्षा र मानिसका सार्वजनिक जिवनमा सिमितता, यर्थाथले पार्ने प्रभाव र मानसिक रोगका विरामीहरु प्रति समाजको मानविय संवेदना र साथको महत्वको बारेमा कृतिमा मनोवैज्ञानिक गहिराइ भएको भनि प्रशंसा गन्र्नु भयो।

नेपाली समाजको पितृसत्तात्मक संरचना, सामाजिक विघटन, यौन मनोविज्ञान, आर्थिक असमानता, गरिवी, विभिन्न खालका विभेद, सांस्कृतिक असमानता, सामाजिक सञ्जालको दुरुपयोग, मानसिक स्वास्थ्यका मुद्दाहरु र त्यसले मनोस्वास्थ्यमा पार्ने प्रभावको बारेमा पुस्तक गहन ढंगले लेख्न खोजको प्रा डा सरोज वझाले बताउनुभयो ।

कार्यक्रममा मनोचिकित्सक संघका अध्यक्ष प्रा.डा. रवी शाक्य, प्रा.डा. देसराजबहादुर कुँवर, डा. निभा वझा, कलाकार मनोज गनुरेल, प्रकाशक श्रीस भण्डारीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम डा. मेरिन र डा. अलाले सञ्चालन गरेका थिए ।

१७६ पृष्ठको पुस्तकको प्रकाशन इटरनेल प्रालिले गरेको हो र यसको मूल्य ५०० रुपैयाँ राखिएको छ। पुस्तकबाट संकलित रकम च्यारिटीमा खर्चिने प्रा.डा. वझाले जानकारी दिनुभयो ।

प्रा.डा. सरोज प्रसाद वझा तीन दसकभन्दा अगाडिदेखि जनस्वास्थ्य साधनमा क्रियासिल हुनु हुन्छ । उहाँ विगत २५ वर्षदेखि मानसिक स्वास्थ्य सेवामा बेग्लै पहिचान बनाउन सफल चिकित्सकका रुपमा चिनिन्छिन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung