१५ बैशाख २०८२, सोमबार

 

लायन्स क्लब अफ धौलागिरिले मनायो ३०औँ स्थापना दिवस

बागलुङ । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ के अन्तर्गत लायन्स क्लब अफ धौलागिरि बागलुङले आफनो ३०औँ स्थापना दिवस मनाएको छ ।

कार्यक्रममा लायन्स क्लब अफ धौलागिरि बागलुङका सदस्य अर्जुन चोखाल, जोन चियर पर्सन जुनु श्रेष्ठ, रिजन चियर पर्सन नारायण आचार्य, एडिस्नल डिष्ट्रिक सक्रेटरी तालबहादुर कुँवर र डिष्ट्रिक इन्टरनेशनल रिलेसन चिफ काजिमान गुरुङले मन्तव्य व्यक्त गरेका थिए ।विसं २०५२ मा स्थापना भएको लायन्स क्लब अफ धौलागिरि बागलुङ धौलागिरि क्षेत्रकै पहिलो क्लब हो ।

कार्यक्रम लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष गणेश महतोको अध्यक्ष्यता प्रथम उपाध्यक्ष राजेश भारीको स्वागत, कोषाध्यक्ष नरेश पौडेलबाट ध्वजाको अभिवादन तथा सदस्य सौरभ केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

लायन्स क्लब अफ धौलागिरि बागलुङ क्लबका सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, जनस्वास्थ्य, शैक्षिक, पर्यावरण र मानविय सेवामा सक्रिय छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung