बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले दुई वर्षे कार्य योजना निर्माण गरेको छ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष डा.स्वंय प्रकाश श्रेष्ठको नेतृत्वमा २०८२ देखि २०८३ सम्मको दुई वर्षे वार्षिक योजना र रणनीतिक योजना धुलिखेलको भिलेज रिर्साटमा गत चैत २७ गते तयार गरेर सार्वजनिक गरिएको हो ।
कार्यसमितिका सदस्यहरुको उपस्थितिमा समाजले २६ बुँदे घोषणपत्र पनि जारी गरेको छ । बागलुङ समाजले समाजको संस्थागत विकास, सदस्यहरुको हित र समाजबाट भइरहका कामको समीक्षा गर्दै सामाजिक, शैक्षिक, मानविय उद्देश्य प्राप्तिका लागि रणनीतिक योजना तयार पारिएको समितिका उपाध्यक्षमा किस्मत मणि श्रेष्ठले जानकारी दिनुभयो ।
समाजलाई परिर्वतित अवस्था अनुसार लोकतान्त्रिक, नजितामुखी, क्षमतावान, उत्प्रेरित एवम प्रविधिमैत्री उन्मुख बनाउने दीर्घकालीन सोचका साथ रणनीतिक योजना तयार पारिएको समाजले जनाएको छ ।
रणनीतिक योजनामा समाजको क्षमता विकास, सदस्यहरुको नेतृत्व र पेशागत विकास, सबै सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्न अन्तरसम्बन्ध सृदृढ गर्ने, सबै तहका सरकारसँग प्रभावकारी सम्बन्ध कायम गर्ने र समाजको संस्थागत सुदृढीकरण गर्ने विषयबस्तु समेटिएको बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष डा. स्वंय प्रकाश श्रेष्ठले बताउनुभयो ।
समाजका अनुसार रणनीतिक योजना पुरा गर्न सबै सरोकारवाला निकायसँग सहकार्य गरिने सचिवमा दिपकचन्द्र प्रधानले बताउनुभयो ।
बागलुङ जन्मघर भइ काठमाडौंमा बसोबास, जागिर तथा व्यवसायी गर्दै आएका बागलुङेहरुले समाजका सदस्यहरुको भलाईको लागि भनेर डा. रामकुमार श्रेष्ठ अध्यक्षतामा विसं २०३९ समाजको स्थापना गरिएको थियो ।संस्थाले सदस्यहरुको नेतृत्व विकासका साथै शैक्षिक, सामाजिक, सांस्कृतिक, धार्मिक एवम् स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको बागलुङ समाज कल्याण केन्द्र काठमाडौका कार्यसमिति सदस्य सम्पूर्ण नारायण भारीले नयाँ विश्वलाई बताउनुभयो ।




















































































































































































































