बागलुङ । नेपाल पत्रकार महासंघको आयोजना र बागलुङ नगरपालिकाको सहयोगमा संचालित तीनदिने दिगो विकास र वातावरण विषयक पत्रकारिता तालिम सम्पन्न भएको छ । तालिममा विभिन्न स्थानमा बसेर काम गरिरहेका ४० पत्रकार तथा संचारकर्मीको सहभागिता थियो ।
तालिम समापनका अवसरमा बागलुङ नगरापलिकाका उपप्रमुख राजु खड्काले तालिमले नगरका कार्यक्रमको समाचार रिर्पोटिङमा साथ मिल्ने बताउनुभयो ।
साथै उनले आगामी दिनमा वातावरण संरक्षणका मुद्दा पनि अगाडि आउने बताउनुभयो । साथै निकट भविष्यमा पर्यटन र खेल पत्रकारिता सम्बन्धी तालिम समेत दिएर पत्रकारलाई दक्ष बनाउन पहल गर्ने खड्काको भनाई थियो ।
महासंघका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, सचिव नारायण रिजालको संचालनमा सम्पन्न समापन समारोहमा-११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, महासंघमा पूर्वअध्यक्ष रामबहादुर जिसी, उपाध्यक्ष सिर्जना पन्त, सहभागि लोकेन्द्र सुनार लगायतले मन्तव्य राखेका थिए ।
तालिममा वरिष्ठ पत्रकार तथा लेखक मोहन मैनालीले दुइ दिनसम्म प्रशिक्षण दिनुभयो भने आइतबार पूर्वअध्यक्षहरु रामबहादुर जिसी र मुकेशचन्द्र राजभण्डारी तथा बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले पनि सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा पत्रकारहरु संगम घर्ती मगर, डम्बर बुढा मगर, सुवाश गौतमले फिल्ड रिर्पोटिङको प्रस्तुतिकरण समेत गरेका थिए ।



















































































































































































































