बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङका नवआगन्तुक तिलक भारतीले जनताको शान्ति सुरक्षाका लागि सुरक्षा निकायले सबैसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।
सोमबार पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक भारतीले प्रहरीले जनतालाई सुरक्षित महशुस गराउने पहिलो दायित्व रहेको बताउनुभएको छ ।
उहाँले जिल्लाको समग्र अवस्थाको अध्ययनपछि छुट्टै सुरक्षा योजना समेत तयार गरेर लागु गर्ने बताउनुभयो ।
उहाँले आफूले जनताको घरदैलोमै सुरक्षा महशुस हुँनेगरी काम गर्ने बताउनुभएको छ ।
‘यो गछु त्यो गर्छु भन्दिन, शान्ति सुरक्षाका सवालमा कसैसंग संझौता गर्दिन, सबैसंग सहकार्य र समन्वयमा जनतालाई सुरक्षित बनाउने जिम्मा प्रहरीको हो, अपराध नियन्त्रण, न्याय निरुपण तथा शान्ति सुरक्षामा प्रहरी अहोरात्र खट्छ जनता र पत्रकारले हामीलाई सही सुचना दिएर सहयोग गर्नुपर्द छ’ भारतीले भन्नुभयो ‘पत्रकारले प्रहरीलाई राम्रो काममा प्रोत्साहन र नराम्रो काममा सचेत बनाउन आवश्यक छ, सबैसंग मिलेर काम गर्दा नै परिणाम आउछ ।’
पत्रकार अन्तरक्रिर्यामा पत्रका महासंघ बागलुङका अध्यक्ष राम थापा, सुवास आचार्य, सुवास गौतम, डम्मर बुढा, अनिस खाती र विनोद प्रतिक लगायतले कालीगण्डकी दोहोन, ट्राफिक व्यवस्थापन, लागुऔषध, जुवातास जस्ता समस्या बागलुङमा रहेको जानकारी गराउनुभएको थियो ।



















































































































































































































