बागलुङ। नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले चितवनको भरतपुरमा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको छ।
कम्पनीले कार्यक्रम स्थलबाटै पाँच वटा क्रेटा ईभी ग्राहकलाई हस्तान्तरण समेत गरिएकाे बताएकाे छ।
कम्पनीले भरतपुरस्थित हुन्डाईको आधिकारिक डिलर धपनाकल ट्रेडिङ प्रालिमा वैशाख २९ गते अन्तरक्रिया कार्यक्रम आयोजना गरी उक्त ईभी सार्वजनिक गरेकाे थियाे।
कार्यक्रममा सहभागी उपभोक्ताहरूले नयाँ क्रेटा ईभीको प्रविधि, डिजाइन र कार्यक्षमताको उच्च प्रशंसा गरेका थिए। लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रतिनिधिहरूले कार्यक्रममा सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै गाडीसम्बन्धी विस्तृत जानकारी प्रदान गरेका थिए।
कम्पनीका अनुसार नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारीप्रति रहेका शंका र चिन्तालाई कम गर्न सहयोग पुगेको छ। हुन्डाई नेपालले पहिले नै क्रेटाको पेट्रोल संस्करण नेपालमै उत्पादन गरिसकेको छ।
क्रेटा ईभी र पेट्रोल दुवै संस्करण एउटै प्लेटफर्ममा आधारित भएकाले सर्भिसिङ, स्पेयर पार्ट्सको उपलब्धता र दीर्घकालीन सपोर्टमा कुनै समस्या नहुने कम्पनीको दाबी छ।
त्यसैगरी, विद्युतीय सवारी प्रणालीलाई अझ मजबुत बनाउन कम्पनीले चार्जिङ नेटवर्क विस्तार गरिरहेको छ। हालसम्म देशभर ६६ वटा चार्जिङ स्टेसनहरू सञ्चालनमा आइसकेका छन्।
कम्पनीले नेपालका विभिन्न सहरमा उपभोक्ताहरूसँग प्रत्यक्ष भेटघाट गर्दै विद्युतीय सवारीको सम्भावना, सेवा सुविधा र कम्पनीको दीर्घकालीन प्रतिवद्धता सम्बन्धी सन्देश फैलाइरहेको छ।
क्यापिटल नेपालबाट













































































































































































































