१७ कार्तिक २०८३, सोमबार

 

गौतमको स्मृतिमा मानव सेवा आश्रममा अक्षय कोष स्थापना

बागलुङ । निल प्रसाद गौतमको स्मृतिमा श्रीमती इन्द्र कुमारी गौतम, छोरा बुहारीहरू गोविन्द गौतम, द्वारिका गौतम र खडानन्द गौतम, गिता गौतम, छोरी ज्वाई जमुना गौतम आचार्य, गंगा प्रसाद शर्मा आचार्यले मानव सेवा आश्रम बागलुङमा अक्षय कोष स्थापना गर्नु भएको छ ।

बागलुङ नगरपालिका-७ निवासी गौतम परिवारले सोमबार आश्रममा २६ हजार एक सय एक रुपैयाँको अक्षय कोष स्थापना गर्नु भएको हो ।श्रीमती इन्द्र कुमारी गौतमले अक्षय कोषको रकम मानव सेवा आश्रमकी अभिभावक सरिता गौतमलाई हस्तान्तरण गर्नु भएको थियो ।

अन्तराष्ट्रिय बागलुङ समाजका अध्यक्ष गंगा प्रसाद शर्माले दश हजार रुपैयाँको भोजन सेवा पनि उपलब्ध गराउनु भएको थियो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मन कुमारी केसी, बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नरेश कँडेल, सुविधा सहकारीका अध्यक्ष पुनम शर्मा, समाजसेवी वालकृष्ण शर्मा सापकोटा, मानव सेवा आश्रमकी अभिभावक सरिता गौतमलगाएतको उपस्थिति रहको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung