२० जेष्ठ २०८३, बुधबार

 

सडक मानवमुक्त घोषणा अभियानमा बागलुङ नगरपालिकाको एक्यवद्धता

बागलुङ । बागलुङ जिल्लामा सडक मानवमुक्त घोषणा अभियानको लागि बागलुङ नगरपालिकाले एक्यवद्धता जनाएको छ । मंगलबार मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलगाएतका टिमसँग बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले प्रतिवद्धता जनाउनु भयो ।

त्यसको लागि मानवसेवा आश्रम र बागलुङ नगरपालिकाबिच सहकार्य हुने भएको छ । बागलुङ नगरपालिका-४ निरयघाटमा बागलुङ नगरपालिकालगाएतको पालिकाहरुको सहयोगमा आश्रमको नयाँ भवन पनि बनिरहेको छ ।

साथै बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिकाले पनि प्रतिबद्धता जनाएको मानव सेवा आश्रमकी अभिभावक लक्ष्मी बाँस्कोटाले बताइन्।

मानवसेवा आश्रमले २०८२ लाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा गर्ने योजना बनाएको छ ।

सोही अनुरूप मुलुकभर घोषणा हुन बाँकी रहेका पालिका र प्रदेशहरूसँग आश्रमले सहकार्य गर्दै मिसन २०८२ सफल पार्न आश्रमले तीव्र रूपमा अभियान सञ्चालन गरिरहेको मानव सेवा आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung