४ श्रावण २०८३, सोमबार

 

युगकवि सिद्धिचरण श्रेष्ठको ११४औँ जन्मजयन्ती मनाइयो

बागलुङ । युगकवि सिद्धिचरण श्रेष्ठको ११४औँ जन्मजयन्ती मनाइएको छ । विद्यामन्दिर पुस्तकालय, बागलुङले शुक्रबार आयोजना गरेको जन्मजयन्ती समारोहमा नेपाली साहित्यमा युगकवि श्रेष्ठको योगदानबारे विमर्शसहित रचना वाचन गरिएको थियो ।

कार्यक्रममा विद्यामन्दिर पुस्तकालयका कार्यवहाक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारी, संरक्षक समितिका सदस्य तथा साहित्यकार प्रेम छोटा, साहित्यकार काजि रोशन, पुस्तकालयका पूर्व अध्यक्ष श्याम प्रसाद श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा साहित्यकार महेशचन्द्र प्रधान, गुणराज पौडेल, रामचन्द्र शर्मा, मधु पौडेल, विणा रोका क्षेत्री, कमला प्रधान, रमा कँडेलले कविता वाचन गरेका थिए । प्रतियोगितात्मक कविता गोष्ठीमा विणा रोका क्षेत्रीको प्रथम, कमला प्रधान दोश्रो र रमा कँडेल तृतीय भएका थिए ।

कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता, पुस्तकालयका सल्लाहकार तथा साहित्य उपसमितिका सदस्य युक्त प्रसाद सुवेदीको स्वागत र कार्यसमिति सदस्य नवराज गौतमकोसञ्चालनमा सम्पन्न भएको थियो । पुस्तकालयले साहित्य उपसमिति नै गठन गरेर साहित्य प्रवद्र्धनमा अगुवाई गर्दै आएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung