बागलुङ । १८औँ गणतन्त्र दिवसको अवसरमा मानवसेवा आश्रम बागलुङमा खाद्यान्न हस्तान्तरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सदस्य युवराज राजभण्डारी, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य , नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सदस्य नरेश कँडेल, जिल्ला समन्वय समितिका सदस्य जशोदा शर्मा, जिल्ला समन्वय अधिकारी कृष्णराज शर्मा लगाएत उद्योग वाणिज्य संघका पदाधिकारी सदस्यहरुले मानव सेवा आश्रमकी सञ्चालिका विपना तामाङलाई खाद्यान्न हस्तान्त्रण गर्नु भएको थियो ।
संघको सहयोगमा १७ हजार बरावरको दैनिक उपभोग्य वस्तु हस्तानतरण गरिएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले गणतन्त्र स्थापना भएपछि तीनै तहको सरकार बनेको र प्रशासनिक निकायले आफ्नो दायित्व पुरा गर्दै आएको भन्दै गणतन्त्र दिवसको संस्थागत गर्ने दायित्व राजनीतिक दल, नागरिक समाज, वुद्धिजीवि लगायत सबै पक्षको भएको बताउनुभयो ।
संघले विगतमा जस्तै यस वर्षपनि आश्रममा सहयोगलाई निरन्तरता दिएको बागलुङ उद्योग वायिाज्य संघका अध्यक्ष राजन कुमार शाक्यले बताउनुभयो । कार्यक्रम संघका अध्यक्ष शाक्यको अध्यक्षता महासचिव इन्द्रमणि पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
।






















































































































































































































