४ श्रावण २०८३, सोमबार

 

कलाकार मोहित श्रेष्ठ, झंकार बुढा मगर र केशरी घर्ती सहित ७ जना सम्मानित

सुर्खेत । माओवादी जनयुद्वका चर्चित कलाकार मोहित श्रेष्ठ, झंकार बुढा मगर र केशरी घर्ती लगायत ७ जना कलाकारहरु सम्मानित भएका छन् ।

शुक्रवार नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको १८औँ गणतन्त्र दिवसका अवसरमा ‘गणतन्त्रको सुदृढिकरणमा संस्कृतिकर्मीहरुको भूमिका’ विषयक अन्तरक्रिया तथा स्रष्टा सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरेको नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’ले जानकारी दिइन् ।

सम्मानित हुँने अन्य स्राष्ठाहरुमा पूर्व प्राज्ञ उदय श्रेष्ठ,निवर्तमान प्राज्ञ अशोक राई, वरिष्ठ नृत्य निर्देश उदिराम खड्का र वरिष्ठ रंगकर्मी विरेन्द्र हमाल रहेका छन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरी र वरिष्ठ संस्कृति विद निनु चापागाईले सम्मानित कलाकार तथा स्राष्टाहरुलाई सम्मानित गरेका थिए ।

सदस्य सचिव कुश्मा महरा ‘प्रगति’का अनुसार नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत कलाकार तथा स्राष्टाहरुलाई सम्मानित गरेको बताइन् । ‘यो वर्ष गणतन्त्र दिवसको अबसर पारेर हामीले कलाकार तथा स्राष्टा सम्मान कार्यक्रमलाई सुरुवात गरेका छौ अब आउने वर्षमा यसलाई निरन्तरता दिन्छौ,‘सदस्य सचिव महराले भनिन्,’अब गणगन्त्रमा योगदान पु¥याउने कलाकार तथा स्रष्टाहरुलाई निरन्तर सम्मान गर्दै जाने छौ ।’

सम्मान पछि वरिष्ठ जनवादी कलाकार मोहित श्रेष्ठले गणतन्त्र स्थापनाको लागि आफुले गरेको सिर्जना र श्रोता, दर्शकले पाएको खुसी नै आफ्नो सम्मान भएको बताएका छन् । श्रेष्ठले सम्मानपछि आफ्नो खुसी साट्दै आफ्नो फेसबुक पोष्टमा लेखका छन्,‘आज हामी सात जना स्रष्टाहरुले यस्तो प्राप्त गरेका छौं । गणतन्त्र स्थापनाका लागि हामीले गरेका सिर्जना र तपाई श्रोता, दर्शकहरुले पाएको सम्मान र खुशी हो । हामीलाई सम्मान दिनुहुने यो हाम्रो गरिमामय संस्था प्रति धेरै धेरै आभारी छु ।’

झिल्को खबरबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung