२१ जेष्ठ २०८३, बिहीबार

 

एभिन्युजकर्मी राजेशचन्द्र राजभण्डारी सम्मानित

बागलुङ । चन्द्रागिरिको सान, कला र संस्कृति हाम्रो पहिचान भन्ने नाराका साथ स्थापना भएको चन्द्रागिरि नृत्य कलाकर्मी संघले खेलाडी, पर्वतारोही, मिडियाकर्मी र समाजसेवीलाई सम्मान गरेको छ।काठमाडौँको चन्द्रागिरिमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रहरूमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको चन्द्रागिरि नृत्य कलाकर्मी संघका अध्यक्ष रवी राना मगरले बताउनुभयो।

नेपाली कला, र संस्कृतिको क्षेत्रमा , पत्रकारिताको माध्यमबाट महत्त्वपूर्ण भूमिका निभाएको भन्दै एभिन्युज टिभीका संवाददाता राजेशचन्द्र राजभण्डारी लगायत चन्द्रागिरिबाट संचालित मिडियाकर्मीलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

राजभण्डारी विसं २०४३ सालदेखि पत्रकारितामा क्रियाशिल हुनु हुन्छ ।

समाजसेवा र खेलकुद क्षेत्रलाई सशक्त बनाउन योगदान दिने व्यक्तिहरूको पहिचान र प्रेरणाका लागि संघले चन्द्रागिरि नगरपालिका वडा नम्बर १ देखि १५ सम्मका राष्ट्रिय खेलाडीहरूलाई सम्मान गरेको थियो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरिले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा आफ्नो ठाउँ चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने खेलाडी संचारकर्मी सगरमाथा चढ्ने आरोहीलाई सम्मान गर्नु खुशीको कुरा भएको भन्दै नगरपालिकाले पनि आगामी दिनमा यस्तो कार्यक्रम गर्ने बताउनुभयो ।
संघले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ, जसले समाजका लागि प्रेरणादायी काम गर्नेहरूलाई पहिचान गर्न र सम्मानित गर्न सकियोस् भन्ने अपेक्षा संघले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung