२० जेष्ठ २०८३, बुधबार

 

बागलुङ जिप दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्यो

बागलुङ । शुक्रबार साँझ बागलुङमा भएको जीप दुर्घटनामा मृत्यु हुँनेको संख्या चार पुगेको छ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ अस्तु बतासेडाँडामा भएको जिप दुर्घटनाका एक घाइतेको शनिबार बिहान उपचारको क्रममा निधन भएपछि मृत्यु हुँनेका्े संख्या चार पुगेको हो ।

दुर्घटनामा १२ जना घाइतेको पोखरा र पाल्पा उपचार भइरहेको छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप शुक्रबार साँझ ५ः४५ बजे दुर्घटना भएको हो ।दुर्घटनामा दुई जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।

यस्तै आज विहान मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ढोरपाटन नगरपालिका–२ निवासी मन कुमारी थापाको मृत्युभएको हो ।शुक्रबार बागलुङको ढोरपाटन नगरपालिका–२ निवासी ७५वर्षीया भिम कुमारी बुढा, २१ वर्षीया टिका कुमारी कुँवर र निसीखोला गाउँपालिका–१ का ७० वर्षका नर बहादुर कार्कीको मृत्यु भएको हो ।

कार्की र बुढाको घटनास्थलमै मृत्यु भएको छ भने कुँवरको उपचारका लागि पोखरा ल्याउदै गर्दा शुक्रबार साँझ गलकोटमै मृत्यु भएको थियो ।यस्तै घाइतेहरुमा ढोरपाटन नगरपालिका २ निवासी निरमाया खत्री, गोविन्द थापा, लुम्विनी महत, वियानो बुढा मगर, विनय वुढा, ईन्द्रा कुँवर, डल्ली विक, शिशिर कार्की, टनमाया कुँवर, दुर्गी दर्जी, देवी परियार र अन्जु परियार रहनुभएको छ ।

घाइतेमध्ये ६ जनालाई पोखरास्थित मणिपाल अस्पताल, पाँच जनालाई पाल्पामा उपचारका भइरहेको छ भने एक जनाको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung