१९ जेष्ठ २०८३, मंगलवार

 

प्रबुद्ध युवा समूहद्वारा प्रमानन्द सन्यास र रामानुज आश्रममा खाद्यान्न सहयोग

बागलुङ । प्रबुद्ध युवा समूहद्वारा निरय घाटमा रहेको आश्रममा खाद्यान्न सहयोग प्रदान गरेको छ ।बागलुङ बजारमा सक्रिय प्रबुद्ध युवा समूहले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ ।

समूहले बागलुङ नगरपालिका–४ निरयघाटमा रहेको प्रमानन्द सन्यास आश्रम र रामानुज आश्रमलाई १० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।

क्लवले युवा सचेतनामुलक विभिन्न कार्यक्रम गर्दै आएको छ । राहत सामाग्री हस्तान्तरण गर्दै बागलुङ नगरपालिका–२, का वडा अध्यक्ष सुरज बोसेलले युवा पुस्ताले उदाहरणीय कार्य गर्दै आएको बताउनुभयो ।

क्लवका अध्यक्ष रोहित सुनारको अध्यक्षता, उपाध्यक्ष अन्जान बोसेलको स्वागत र क्लबको सदस्य नविना थापाको संचालनमा सप्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung