बागलुङ । लायन्स क्लव अफ धौलागिरि बागलुङले वर्ष २०२४,२५ मा गरेको कार्यहरु सार्वजनिक गरेको छ ।
शनिबार पत्रकार सम्मेलन मार्फत क्लबले वर्ष २०२४,२५ मा गरेको सामाजिक सेवा, जनस्वास्थ्य, नेतृत्व विकास, वित्तीय साक्षरता र ट्राफिक सचेतनाको कार्यक्रमको बारेमा लायन्स क्लव अफ धौलागिरि बागलुङका अध्यक्ष गणेश महतोले जानकारी दिनु भयो ।
साथै क्लबले विद्यार्थीको मष्तिकलाई सशक्तिकरण गर्ने तालिम, शैक्षिक सामग्री वितरण, क्यान्सर पीडित र पहिरोपीडितलाई राहत वितरण पनि गरिएको बारेमा पनि जानकारी गराइएको थियो ।
क्लबले रक्त दान कार्यक्रम र जेठ १६ गते बडिगाड गाउँपालिकामा आँखा जाँच र मोतिया विन्दुको अप्रेसनको पनि शिविर पनि राखेको थियो । कार्यक्रम लायन्स क्लव अफ धौलागिरि बागलुङका अध्यक्ष गणेश महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।



















































































































































































































