४ श्रावण २०८३, सोमबार

 

जैमिनी नगरपालिकामा एक अर्वको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ । एक अर्वको कोष बनाउने लक्ष्य रहेकोमा कोषमा रु ५० लाख १० हजार जम्मा भइसकेको जैमिनी नगरपालिकाले जनाएको छ ।

पालिका भित्रका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पु¥याउनका लागि जैमिनी नगरपालिकाले एक अर्वको जैमिनी नागरिक उपचार कोष बनाउने लक्ष्यका साथ तीन वर्ष अघि कोष घोषणा गरेको थियो ।

तीन वर्ष अघि नगरपालिकाले रु १० लाख जम्मा गरेर घोषणा गरेको कोषमा गत वर्ष १५ लाख र यस वर्ष रु २५ लाख जम्मा गरिएको छ ।

कोषको व्याजबाट नागरिकहरूको स्वास्थ्य उपचारका लागि सहायता प्रदान गर्ने लक्ष्य सहित कोष निर्माण थालिएको बताउदै आगमी एक वर्षमै कोष वृद्धि भएर एक करोड पु¥याइने जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले बताउनुभयो ।

सामाजिक सुरक्षाको दृष्टिकोणबाट स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नको लागि नगरपालिकाले कोष स्थापना गरेको पुनको भनाई छ ।

“दीर्घरोगी र ठूलो धनराशी खर्च हुँने रोगमा नगरपालिकाले नागरिकलाई उपचारमा सहयोग पु¥याउने लक्ष्य रहेको छ, उक्त कोषमा एक अर्व जम्मा भएमा नगरभित्रका नागरिकलाई निःशुल्क उपचारमा सहयोग पु¥याउन सकिन्छ, कोषमा आम नागरिकले समेत सहयोग प्रदान गर्न सकिने छ” पुनले भन्नुभयो “कोषमा पालिकाले वर्षेनी नीति तथा कार्यक्रम मार्फत रकम थपिदै लैजाने गरिएको छ, आगमी दिनमा रकम अभावमा उपचार गर्न नसकेर नागरिक मर्न नपर्ने हाम्रो चाहना छ ।”

कोषमा हालैमात्र नगरपालिकाका योजना शाखा प्रमुख प्रेम प्रसाद सापकोटाले जन्मदिनको खर्च कटाएर रु १० हजार सहयोग गर्नु भएको छ । सापकोटाले कोषको सकरात्मक सन्देश फैलाउन व्यक्तिगतरुपमा आफूले पहिलो योगदान गरेको बताउनुभयो ।

नगरपालिकालले कर्मचारी, जनप्रतिनिधि तथा सर्वसाधरणले समेत कोषमा योगदान गर्न आव्हान समेत गरेको छ ।

क्यान्सर, मुटुरोग, मृगौला जस्ता उपचारमा ठूलो खर्च लाग्ने रोगका लागि नगरपालिकाले कोषको व्याजबाट सहयोग उपलव्ध गराउनेगरी नीति बनाउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung